गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५३

दिउँसो १ बजेसम्म स्वामीकार्तिकमा ४१ प्रतिशत मत मतदान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
दिउँसो १ बजेसम्म स्वामीकार्तिकमा ४१ प्रतिशत मत मतदान

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ४१ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको छ ।

आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान शान्तपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् ।

मतदानमा १ बजेसम्म १ हजार ५ सय ४४ पुरुष, १ हजार ५ सय १६ महिला गरी जम्मा ३ हजार ६० मत खसेका छन् । उपाध्यक्ष चयनका लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।

स्वामीकार्तिक खापर गउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी (बुढा), नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी फिर्ता लिएकी हुन् ।

हालसम्म सबै मतदान केन्द्रमा मतदान भयरहित वातावरणमा सञ्चालन भईरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

प्रतिक्रिया