गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

जगन्नाथमा गठबन्धन हुने, स्वामिकार्तिक , बुढीनन्दा र बडीमालिकामा प्रयास जारी

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १६, २०७९
जगन्नाथमा गठबन्धन हुने, स्वामिकार्तिक , बुढीनन्दा र बडीमालिकामा प्रयास जारी

बाजुरा : बाजुराका नौ वटा स्थानीय तह मध्ये चुनावी गठबन्धन जगन्नाथ गाउँपालिकामा मात्र हुने देखिएको छ । काँग्रेसले अन्य पालिकामा आफ्नो अडान नछोडेपछि गठबन्धन हुन नसकेको हो । जगन्नाथमा एमालेको शक्ति बलियो देखिएपछि तीन दलले चुनावी गठबन्धन गर्ने गरि सहमति नजिक पुगेका छन् ।

नेपाली काँग्रेसबाट सुन्दर विष्ट अध्यक्ष, समाजवादीका धर्म शाही उपाध्यक्ष र ६ वटा वडा मध्ये ३ वडाको अध्यक्ष माओवादीले पाउने गरि सहमति गर्ने बुझीएको छ । बाँकी ३ वटा वडामा भने काँग्रेसकै उम्मेदवार अध्यक्ष बन्ने छन् । 

आफ्नै चुनाव चिन्हमा चुनावी गठबन्धन गर्न लागिएको नेताहरुले बताएका छन् । एमालेबाट जगन्नाथमा पार्टी अध्यक्ष कालीबहादुर शाही, उपाध्यक्षमा मरुकला विष्ट उम्मेदवार बनेका छन् । माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका महेश शाहीलाई फिर्ता बोलाएर चुनावी गठबन्धनको तयारी अन्तिम सहमतिमा पुगेको बुझीएको छ । तर निश्चिन नै भइसकेको छैन् । 

बाँकी स्थानीय तहमा भने तीन दलिय गठबन्धन कतै हुने देखिएको छैन् । स्वामिकात्र्तिक खापर गाउँपालिकामा काँग्रेसले अध्यक्ष उपाध्यक्ष सहीत सिंगो पालिकामा एकल उम्मेदवारी दिएको छ । भने समाजवादी र माओवादी बीच तालमेल भएको छ ।

समाजवादीले अध्यक्ष चिरञ्जीवी शाही र उपाध्यक्षमा माओवादीका सुरेन्द्र रोकायालाई उम्मेदवार बनाएका छन् । काँग्रेसले भरत रोकाया र मैना देवी जैशी तथा एमाले चर्तुरभुज शाही र सुलोचना भण्डारी बुढालाई उम्मेदवार बनाएको छ । त्यहाँ तीन दलिय गठबन्धन हुने संभावना सकिएको छ । 

यता समाजवादी र काँग्रेस बीच बडीमालिका र बुढीनन्दामा तालमेलको तयारी गरिएको श्रोतको दाबी छ । बडीमालिकामा मेयरमा काँग्रेसका धनराज पण्डित र उपमेयरमा समाजवादीका सीता बराललाई अघि सार्ने बारे छलफल भएपनि सहमति हुन नसकेको र काँग्रेसबाट राधिका सिंह नै लड्ने दाबी गरिएको छ । तर समाजवादीका नेताहरुले गठबन्धन गर्ने गरि छलफल जारी राखेको बताएका छन् । 

बुढीनन्दा नगरपालिकामा पनि काँग्रेसबाट मेयर पदम गिरी र उपमेयर समाजवादीका पुरबहादुर रावतलाई अघि सार्ने गरि तालमेलको तयारी थालिएको बुझीएपनि काँग्रेसले रिता सिंहलाई नै अघि सार्ने अडान लिएको छ । समाजवादीलाई उपप्रमुखको पद दिन नसकिने काँग्रेस नेताहरुको निष्कर्ष छ ।  

प्रतिक्रिया