गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३६
Dho

बाजुरामा गठबन्धन विरुद्ध त्रिवेणी र हिमालीमा एमाले र माओवादीबीच चुनावी तालमेल

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १६, २०७९
बाजुरामा गठबन्धन विरुद्ध त्रिवेणी र हिमालीमा एमाले र माओवादीबीच चुनावी तालमेल

बाजुरा : देशभर सत्ता पक्षधरको गठबन्धन भएपनि बाजुरामा भने त्यसको प्रभाव नपर्ने देखिएको छ । नेपाली काँग्रेसले नौ वटै पालिकामा प्रमुख नछोड्ने गरि उम्मेदवारी दर्ता गराएपछि माओवादी र समाजवादी एक्लीएका छन् ।

बरु बाजुराका दूई पालिकामा एमाले र माओवादी बीच चुनावी तालमेलको तयारी थालिएको छ । उम्मेदवारी फिर्ता लिने अवधी भित्रै आपसी भागवण्डा टुंगो लगाएर आफ्नै चुनावी चिन्हमा लड्ने तयारीका साथ तालमेल गर्ने तयारी तयारी थालिएको छ ।

त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये ५ एमाले र ४ माओवादीले पाउने गरि चुनावी तालमेल गर्ने तयारी गरिएको नेताहरुले बताएका छन् । त्रिवेणीमा एमालेबाट प्रमुखमा मोतिसिंह बुढा उज्वल र उपप्रमुखमा माओवालीका मनराजे बुढा मिलनलाई उठाउने लिखित सहमति भइसकेको बुझीएको छ ।

नेपाली काँग्रेसको गढकै रुपमा चिनिएको त्रिवेणीमा बाम गठबन्धन गर्ने गरि एमाले र माओवादी नेताहरु सहमत भएका छन् । २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले ३३ सय ६५ मत ल्याएर जितेको थियो भने एमालेले २१ सय ९४ र माओवादीले ८ सय ८४ मत ल्याएको थियो ।

दुबै पार्टीका मत जोड्दा पनि काँग्रेस बलियो देखिएको छ । तर जित्ने काँग्रेस निश्चित जस्तै देखिएकोले त्यो बेला केही व्यवहारिक मत काँग्रेसले लिएपनि अब त्यस्तो नहुने र बाम एकताले जित सुनिश्चित हुने आँकलन नेताहरुले गरेका छन् ।

नेपाली काँग्रेसबाट कर्णबहादुर थापा प्रमुख र कमला न्यौपाने उपप्रमुखको उम्मेदवार बनाएपनि दुबै जना विरुद्ध काँग्रेसबाटै बागी उम्मेदवारी परेको छ । काँग्रेसका निवर्तमान सचिव रनसिंह अयडीले प्रमुख र गीता गिरीले उपप्रमुखको बागी उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस भित्रको आपसी द्धन्द्धले पनि जित्न सजिलो हुने अनुमान एमाले माओवादी नेताहरुको छ । भने एक्लै उम्मेदवार बनाएर लड्दा पनि काँग्रेसलाई पराजित गर्न सजिलो हुने दाबीका साथ चुनावी तालमेलको सहमति गरेका छन् । केन्द्रको निर्णयको पक्षमा नलाग्ने माओवादीले बताएको छ ।

यस्तै हिमाली गाउँपालिमा पनि ६ वटा वडा मध्ये १ वडा माओवादीलाई दिएर एमालेले चुनावी तालमेल गरेको छ । एमालेका उम्मेदवार अजबहादुर मल्ल र राजकला सार्कीलाई नै मतदान गर्ने गरि तालमेल गरिएको छ । 

हिमालीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका केही नेताहरुले काँग्रेसलाई नै सहयोग गरेका थिए । तरपनि काँग्रेसले १७ सय ५६, एमालेले १४ सय ५९ र माओवादीले ४ सय ५७ मत ल्याएको थियो । यो मतभारलाई आँकलन गर्ने हो, भने हिमालीमा चुनाव जित्न सहज हुने एमाले माओवादीको आँकलन छ । नजिक न्युज अनलाइनबाट

प्रतिक्रिया