गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

नेकपा एमालेले बाजुरामा पनि खाता खोल्यो , बुढीनन्दा ४ मा दलित महिला सदस्य निर्विरोध

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १४, २०७९
नेकपा एमालेले बाजुरामा पनि खाता खोल्यो , बुढीनन्दा ४ मा दलित महिला सदस्य निर्विरोध

बाजुरा : नेकपा एमालेले बाजुरामा खाता खोलेको छ । जिल्लाको बुढीनन्दा नगरपालिका ४ मा दलित महिला सदस्य बसन्त चदारा निर्विरोध भएसँगै एमालेले जितको खाता खोलेको हो । 

वडा अध्यक्ष सहीत पाँच जनाको उम्मेदवारी दिनु पर्नेमा चार पदमा उम्मेदवारी परेपनि दलित महिला सदस्य निर्विरोध बनेको नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्ज राजन रोकायाले जानकारी दिएका छन् । बुढीनन्दा ४ नगर इन्चार्ज राजन कुमार रोकायाको वडा हो । 

वडामा काँग्रेसबाट दलित समुदायले उम्मेदवारी नै दिन नमानेपछि चदारा निर्विरोध भएकी हुन् । वडामा १५ बढी परिवार दलित समुदाय छन् । बुढीनन्दा ४ मा वडाका लागि अब अध्यक्ष, २ जना खुला सदस्य र एक जना महिला सदस्यमा मात्र निर्वाचन हुने छ । 

बुढीनन्दाका अन्य वडामा पनि निर्विरोधको प्रयास जारी रहेको एमालेबाट नगर प्रमुखका उम्मेदवार जनक कुमार बोहराले बताएका छन् । वडामा एमालेको सहज जित हुने सुनिश्चित रहेपनि काँग्रेसबाट ४ पदका लागि उम्मेदवारी परेको छ । 

जिल्लामा नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । 

प्रतिक्रिया