बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका २ नम्बर वडाको बैठक बसेको छ । आज वडा कार्यालयको केन्द्र तल्लोदुगूनमा राजनीतिक घटना क्रम र विकास निमार्णका विषयमा छलफल सहीतको बैठक बसेको हो ।
बैठकमा टोल कमिटी गठन गर्ने, प्रत्येक महिनामा वडा कमिटीको बैठक बस्ने, नौमुल सहकारी संस्थालाई थप सक्रिय र चलाएमान बनाउँन उत्प्रेरित गर्ने लगायतका निर्णय गरिएको नेकपा एमाले २ नम्बर वडा कमिटी अध्यक्ष प्रेमबहादुर रोकायाले बताएका छन् ।
बैठकमा वडा कमिटीले विकास निर्माणका कार्यलाई निरन्तरता दिन सम्बन्धित निकाय समक्ष पहल गर्ने र नेता कार्यकर्तालाई सक्रिय बनाउँने खालका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरिएको उनले बताए । बैठकमा आगर टोल र जडे टोल गरी तीन परिवार नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् । आगरका मीन बहादुर चदाँरा, दिल बहादुर चदाँरा र जडेंँ टोलका चक्र धामीको परिवार एमाले प्रवेश गरेका हुन् ।
आश्वसन मात्र दिने काम नगर्ने पार्टीमा लागेर काम नहुने बताउँदै एमाले प्रवेश गरेको युवा मीन बहादुर चदाँराले बताएका छन् । २०७९ को निर्वाचनमा भोटमा माग्नका लागि धेरै आश्वसन दियो तर भनेका एक कुरा एक पनि पूरा नगरेको उनले बताए ।
चुनावको बेला प्रयोग मात्र गर्ने पार्टीमा लागेर भविष्य नहुने निष्कर्ष सहीत एमाले प्रवेश गरेको चदाँराले बताएका छन् । वडा कमिटी अध्यक्ष प्रेम बहादुर रोकायको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य देव बहादुर रोकाया, गाउँ कमिटी सदस्य जोग बहादुर बोहरा, जावाँ सार्की लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया