गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

नेपाली काँग्रेसका उम्मेदवार हिरेन्द्र बहादुर रोकाया विरुद्ध भ्रष्ट्राचार गरेको मुद्धा दायर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १३, २०७९
नेपाली काँग्रेसका उम्मेदवार हिरेन्द्र बहादुर रोकाया विरुद्ध भ्रष्ट्राचार गरेको मुद्धा दायर

नेपाली काँग्रेसका नेता हिरेन्द्र बहादुर रोकाया विरुद्ध भ्रष्ट्राचार गरेको मुद्धा दायर भएको छ । गौमुल गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिनुभएका रोकायाका विरुद्ध भ्रष्ट्राचार गरेको मुद्धा दायर गरिएको छ ।

गौमुल गाउँपालिका–२ मा रहेको जनज्योति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको समयमा विद्यालयको भौतिक संरचना निमार्ण गर्ने समयमा भ्रष्ट्राचार गरेको उजुरी गौमुल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

विनियोजित रकमबाट सामाजिक लेखा परीक्षण प्रतिवेदन र निर्णयमा पनि असुल गर्ने भनेर निर्णय गरेको भएपनि हालसम्म असुल नभएको पाईएको छ । आर्थिक वर्ष ०६८÷०६९ देखि आर्थिक वर्ष ०७१÷७२ सम्म विभिन्न मितिमा रकम अनियमितता गरी भ्रष्ट्राचार गरेको मुद्धा दर्ता भएको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिनुभएका रोकायाका विरुद्ध ५ लाख ८८ हजार ७ सय ४३ रुपियाँ बराबरका भ्रष्ट्राचार गरेको मुद्धा दर्ता निर्वाचन अधिकृतको कार्यालयमा परेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको समयमा विभिन्न समयमा बैंक चेक मार्फत रकम लिएको पाईएको छ ।

विद्यालयको भौतिक विकासका लागि आएको रकम विद्यालय अध्यक्ष भएकै बेला अवैध रुपमा कुम्ल्याएको श्रोतको दाबी रहेको छ । रकम हिनामिना गरी हालसम्म पनि कुनै किसिमको सुनुवाई नगरेका रोकायाले नेपाली काँग्रेसबाट गौमुल गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलको नाममा कुनै किसिमको उजुरी परेमा स्वतः उम्मेदवारी खारेज हुन् सक्ने भनेको छ । गौमुल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे अल्टिमेटम सहितको स्पष्टिकरण पेश गर्ने पत्र उम्मेदवार हिरेन्द्र रोकायालाई पठाईसकेको छ ।

उता नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिनुभएका हिरेन्द्र बहादुर रोकायाले यस बिषयमा आफुलाई स्पष्टिकरण पत्र निर्वाचन अधिकृतको कार्यालयबाट आएकाले बुधबार स्पष्टिकरण पेश गर्ने बताउनुभएको छ ।
यता निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले उम्मेदवारलाई सफाइ दिने वा नदिने भन्ने कुरा कानुनले नै भन्ने बताउनुभएको छ ।

विद्यमान कानुन अनुसार उम्मेदवारी खारिज हुने वा नहुने आफै कानुन बोल्ने भएको छ । निर्वाचनको समयमै परेको उम्मेदवार विरुद्धको भ्रष्ट्राचार मुद्धा दर्तालाई महत्वका साथ हेरिएको छ । मुद्धाको बिषयमा बुधबार दिईने स्पष्टिकरणले उम्मेदवारी खारिज हुने वा नहुने स्पष्ट हुने भएको छ ।

 

प्रतिक्रिया