गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

गौमुल गाउँपालिकामा नेकपा एमालेको उम्मेदवारी दर्ता

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
गौमुल गाउँपालिकामा नेकपा एमालेको उम्मेदवारी दर्ता

बाजुरा : गौमुल गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एमालेबाट गौमुल गाउँपालिकाको अध्यक्षमा हरि बहादुर रोकाया र उपाध्यक्षमा सीता थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 

नेकपा एमालेका करिव १ हजार बढी नेता तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिकाको अध्यक्षमा हरि बहादुर रोकायाले मोहन बहादुर रोकाया समर्थन र कर्ण बुढाको प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै गरी उपाध्यक्षमा सीता थापाले मोहन रोकायाको समर्थन र कर्ण बुढाकै प्रस्तावमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताएका छन् । 

गौमुल गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको थियो । गौमुल गाउँपालिकाका ६ वटा वडा मध्ये १ वडा नेपाली काँग्रेसले जितेको थियो भने अन्य ५ वटा वडा नेकपा एमालेले जितेको थियो ।
 

प्रतिक्रिया