गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

नेकपा एमालेको सरकारले गरेका कामहरु लिएर गाउँ–गाउँमा जाउ : नेता रोकाया

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
नेकपा एमालेको सरकारले गरेका कामहरु लिएर गाउँ–गाउँमा जाउ : नेता रोकाया

बाजुरा : नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य बसुन्धरा रोकायाले गौमुल गाउँपालिकामा नेकपा एमालेको सकारले ५ वर्षमा गरेका कामहरु लिएर गाउँमा जानुपर्ने बेला आएको बताएकी छन् ।

उम्मेदवारी दर्ता गरिसकेपछि कोणसभा कार्यक्रमको संम्बोधन गदैं नेकपा एमालेको केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार गौमुल गाउँपालिकामा विकासका लहर फैलिएका कारण गरेका कामहरु जनताका माझमा लिएर जाने बेला अब आएको बताईन् । 

गौमुल गाउँपालिकाको विकास देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाएका कारण अत्तालिरहेको बताउँदै गौमुल गाउँपालिकाको समृद्धि देखेर छट्पटीरहेको बताएकी छन्  । हालको सत्ता गठबन्धन सरकारले एमालेको काम देखेर गठबन्धन गरी नेकपा एमालेलाई पाखा लगाउने गरी देशी विदेशी शक्ति क्रियाशील बनेको बताईन् ।

प्रतिक्रिया