बाजुरा : नेकपा (एमाले) गौमुल गाउँपालिका–३ र ४ नम्बर वडामा पार्टी जिल्ला कमिटीको निर्देशन अनसार वडामा दिउसी भैलो खेलेको छ ।
वडाका ईन्चार्जको अगुवाईमा पार्टीको सर्कुलर अनुसार वडामा देउसी भैलो खेलेर चन्दा संकलन गरिएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा गौमुल गाउँपालिका–४ का ईन्चार्ज अमर विकले बताएका छन् ।
वडाका प्रत्येक टोलमा पुगेर पार्टी जिल्ला कमिटीको निर्देशन बमोजिम दिउसी भैलो खेलिएको हो । वडामा करिव १० हजार बढी रकम उठेको छ ।
यस्तै गौमुल गाउँपालिका–३ मा समेत खेलिएको ईन्चार्ज गोरख बोहराले बताएका छन् । एमाले बाजुराले वार्षिक कार्ययोजना अनुसार वडा कमिटीको आयोजनामा जिल्लाका सबै वडामा दिउसी भैलो खेल्ने गरी यसअघि नै सर्कुलर गरिसकेको थियो ।
दिउसी भैलो खेलेर जनताका कार्यक्रमसंग पार्टी अभियान जोड्ने, जनताका नियमित कार्यक्र र समय उपयोग गर्ने र वडा कमिटीको स्रोत संकलन गर्ने योजना लिएको छ ।
प्रतिक्रिया