गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४१
Dho

गौमुल गाउँपालिकामा नेपाली काँग्रेसको उम्मेदवारी दर्ता

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
गौमुल गाउँपालिकामा नेपाली काँग्रेसको उम्मेदवारी दर्ता

बाजुराः गौमुल गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता भएको छ । गौमुल गाउँपालिकाको अध्यक्षमा हिरेन्द्र बहादुर रोकाया र उपाध्यक्षमा उमा रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् । 

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय गौमुल गाउँपालिका घट्मुना पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिकाको अध्यक्षमा हिरेन्द्र बहादुर रोकायाले देव बहादुर रोकायाको समर्थन र मन बहादुर रोकायाको प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।

No description available.

यस्तै गरी उपाध्यक्षमा उमा रोकायाले देव बहादुर रोकाया (बी) को समर्थन र राम बहादुर रोकायाको प्रस्तावमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताएका छन् । 

गौमुल गाउँपालिकामा नेपाली काँग्रेसले कुनै पनि दलसंग तालमेल गरेको छैन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको थियो । गौमुल गाउँपालिकाका ६ वटा वडा मध्ये १ वडा नेपाली काँग्रेसले जितेको थियो भने अन्य ५ वटा वडा नेकपा एमालेले जितेको थियो ।
 

प्रतिक्रिया