बाजुरा : खप्तड छेडेदह गाउँपालिका–७ का वडाअध्यक्ष खगेन्द्रबहादुर रावतलाई पितृ शोक परेको छ । रावतका बुबा गोरे रावत ८० वर्षको उमेरमा आफ्नै घरमा शनिबार निधन भएको हो ।
शनिबार वृद्धभत्ता लिन वडामा गएका बेला रावतका बुबा कुर्सीमा बसीरहेको अवस्थामा मृत्यु भएको आफन्तले बताएका छन् । वडाध्यक्ष रावतका बुवाको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
वडा कार्यालयका तर्फबाट पनि कार्यबाहाक अध्यक्ष रणबहादुर ओलीले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ ।
यस्तै सोही गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ३ पुडाबाउलाका पूर्ण मिजारका बुवा रनी मिजारको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया