गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

बाजुरा काँग्रेसमा गुटगत उम्मेदवारको नाम सार्वजनिक गर्न सामाजिक सञ्जालमा होडबाजी

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
बाजुरा काँग्रेसमा गुटगत उम्मेदवारको नाम सार्वजनिक गर्न सामाजिक सञ्जालमा होडबाजी

बाजुरा : नेपाली काँग्रेस बाजुराले उम्मेदवार टुंगो लगाउन ढिलाई गरेको छ । मनोनयन दर्ता मितिको एक दिन बितिसक्दा पनि काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन् । दुई गुटबीचको भागवण्डा र शक्ति संघर्षले उम्मेदवार टुंगो लगाउन सकस देखिएको हो । 

नेपाली काँग्रेसका कार्यकर्ताले पालिकाका प्रमुख उपप्रमुको टुंगो लागेको आधिकारीक जानकारी विना नै सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । आफू पक्षित नेताहरुको फोटाहरु राखेर कार्यकर्ताले जितको बधाई सहीतको स्टाटस राख्ने गरेका छन् ।

काँग्रेस नेताहरुले भने टुंगो लागि नसकेको र रातीसम्म लाग्ने बताएका छन् । आजै साझ टुंगो लगाएर सार्वजनिक गर्ने बताएपनि नेताहरुले अझै ढिलाई गरिरहेका छन् । प्रदेशबाट नगरपालिकाको टिकट देउवा पक्षले सबै आफू अनुकुल उम्मेदवारलाई दिने संकेत गरेपछि शेखर सिटौला समूह तनाबमा देखिएको छ ।

पार्टी सभापति रामसिंह रावलले आफू अनुकुल हुने गरि जिल्लाबाट चार पालिकाका प्रमुख उपप्रमुख सिफारिस गरेपनि फरक नाम र उम्मेदवारको चर्चा चलिरहेको छ । माथिल्लो तहबाटै हस्तक्षेप गरेर टिकटको टुंगो लाग्ने देखिएको छ ।

प्रदेशमा नाम पठाएका मध्ये बडीमालिका नगरपालिकामा धनराज पण्डितले प्रमुख र राधिका सिंहले उपप्रमुख टिकट पाएको श्रोतको दाबी छ । ती दुबै जना देउवा पक्षधर हुन् । वर्तमान नगर प्रमुख पदम बडुवाल र जुना दानीलाई साइड लगाइएको छ ।

यस्तै त्रिवेणी नगरपालिकामा शिक्षण युनियनका नेता कर्णबहादुर थापा र कमला न्यौपानेको नाममा टिकक आएको बुझीएको छ । थापा र न्यौपाले दुबै पक्षसँग सन्तुलित सम्बन्धमा छन् । भने बुढीनन्दा नगरपालिकामा पदम गिरी र रिता सिंहको नाममा टिकट आएको छ ।

गिरी वर्तमान नगर प्रमुख हुन्, भने सिंह २०७४ मा पराजित उपप्रमुख हुन् । दुबै गुटगत रुपमा भने देउवा पक्षघर नै हुन् । सबैभन्दा बढी विवादीत बनेको बुढीगंगा नगरपालिकामा दुईतिरबाट नाम सञ्जालमा देखिएका छन् ।

सुरुमा शेरबहादुर खाती र रिता शाहीको नाममा सहमति भएको सामाजिक सञ्जालमा चर्चा भएको थियो भने पछि रंग खाती र तारा खातीको नाममा सहमति भएको चर्चा चलेको छ । तर नेताहरुले बुढीगंगा नगरपालिकाको सहमति नभएको र छलफल जारी रहेको दाबी गरेका छन् ।

गाउँपालिकामा हिमालीमा गोविन्द्र मल्ल सर्वसम्मत भएका छन् । भने गौमुलमा हिरेन्द्र रोकाया र उमा रोकाया उम्मेदवार बनेका छन् । स्वामिकात्र्तिक र जगन्नाथमा गठबन्धनको तयारी थालिएकोले टुंगो लगाउन ढिलाई भएको बुझीएको छ । 

खप्तड छेडेदह गाउँपालिकामा पनि सकस देखिएको छ । अन्तिम तीनमा नरबहादुर रावत, खडक बुढा र ताल रावतको बीचमा छलफल जारी रहेको श्रोतको दाबी छ । काँग्रेसले आजै रातीसम्म टुंगो लगाउने गरि छलफल चलिरहेको बताएको छ ।  

प्रतिक्रिया