गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२७
Dho

एमाले गौमुल–३ नम्बर वडा कमिटीको बैठक बस्यो

गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज ०२, २०८१
एमाले गौमुल–३ नम्बर वडा कमिटीको बैठक बस्यो

बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका ३ नम्बर वडाको दोस्रो पूर्ण बैठक बसेको छ । वडामा भईरहेका विभिन्न गतिविधी र आगामीक दिनमा गर्नुपर्ने कामको बारेमा छलफल गर्न आज बैठक बसेको हो ।

माझपालीमा बसेको वडा कमिटीको बैठकमा वडामा गर्ने कामहरुको वार्षिक योजना बनाएको छ । भने ३ विभागहरु गठन गरिएको वडा कमिटी सचिव शेरबहादुर बोहराले बताएका छन् । 

वडाको आर्थिक वित्तीय विभाग, संगठन विभाग र जन संगठन संयन्त्र विभाग गठन गरिएको उनले बताए । यस्तै बैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुबाट मासिक लेवी उठाउँने निर्णय समेत गरिएको छ । 

वडा कमिटी अध्यक्ष धन बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको बैठको प्रमुख अतिथिमा जिल्ला कमिटी सदस्य गोरख बहादुर बोहरा र विशिष्ट अतिथिमा राजिव रोकाया रहेका थिए ।  

बैठकमा पूर्व जिल्ला कमिटी सदस्य अर्जुन बहादुर रोकाया, गाउ कमिटीका सदस्य, वडा कमिटीका पदाधिकारी सहीत सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया