गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३१
Dho

काँग्रेस बुढीनन्दाले गर्‍यो ३ मेयर र २ जना उपमेयरको नाम सिफारिस

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
काँग्रेस बुढीनन्दाले गर्‍यो ३ मेयर र २ जना उपमेयरको नाम सिफारिस

बाजुरा : नेपाली काँग्रेस बुढीनन्दा नगर कार्यसमितिले नगर–प्रमुख र उप–प्रमुखको नाम सिफारिस गरेको छ । बुढीनन्दा नगर कार्यसमितिले नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुखमा ३ जनाको नाम र उप–प्रमुखमा २ जनाको नाम सिफारिस गरेको हो ।

नेपाली काँग्रेस बुढीनन्दा नगर कार्यसमितिले नगर–प्रमुखमा पदम गिरी, राम बहादुर बोहरा र निर्मला कार्की र उप–प्रमुखमा रितादेवी सिंह र सुनिता गुरुङ्गको नाम सिफारिस गरेको छ । 

माथि उल्लेखित सिफारिस गरेका नगर–प्रमुख र उप–प्रमुखका नाम यो भन्दा पहिला नै नेपाली काँग्रेस जिल्ला कार्यसमितिले प्रदेशमा सिफारिस गरेको थियो । नगर कार्यसमितिले पनि जिल्ला कार्यसमितिले सिफारिस गरेका उम्मेदवारकै नाम सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिसमा कुनै पनि विबाद नभएर, जिल्लाले प्रदेश पठाएकै नाम सिफारिस गरेर जिल्लामा पठाएको बुढीनन्दा नगर कार्यसमितिले जनाएको छ । नेपाली काँग्रेसले बाजुराका चार नगरपालिकाबाट आजै उम्मेदवारको नाम सिफारिस गरि सक्नुपर्ने भएको छ । सिफारिस नभएका पालिकामा उम्मेदवार सिफारिसका लागि छलफल जारी रहेको छ । 

काँग्रेसको बिधानअनुसार उम्मेदवारी सिफारिस नगरेको भन्दै फेरी पालिका स्तरबाट नै सिफारिस गर्न नेपाली काँग्रेस प्रदेश कमिटीले पत्राचार गरेको हो । प्रदेशले पत्रचार गरे अनुसार बाजुराको बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाबाट आजै बिद्यान अनुसार नगर–प्रमुख र उप–प्रमुखको सिफारिस जिल्ला कार्यसमितिमा पठाई सक्नुपर्ने रहेको छ । 

पालिकाबाट नगर–प्रमुखमा एक जना महिलासहित तीन जना सिफारिस गर्नुपर्ने बिधानमा उल्लेख छ । तर बाजुराका चार स्थानीय तहले सिफारिसमा धेरै नाम पठाएको छ, यता जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारिस गरेको दाबी गरिरहेको छ । 

नेपाली काँग्रेस बाजुरा सभापति रामसिहं रावलले मनोमानि रुपमा उम्मेदवारको नाम सिफारिस गरेको भन्दै देउवा पक्षधर नेता तथा कार्यक्रताले चर्को बिरोध जनाउँदै आएका छन् । रावलले भने जिल्लाबाट पठाउँदा बिद्यान बमोजिम सिफारिस गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया