गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५६
Dho

काँग्रेसले बाजुराका चार नगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
काँग्रेसले बाजुराका चार नगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने

बाजुरा : नेपाली काँग्रेसले बाजुराका चार नगरपालिकाबाट आज उम्मेदवार सिफारिस गर्ने भएको छ । काँग्रेस बाजुराले प्रदेशमा सिफारिस गरेको उम्मेदवारी प्रक्रिया नपुगेपछि पुनः सिफारिस गर्न पत्राचार गरेको थियो । 

काँग्रेसको बिधानअनुसार उम्मेदवारी सिफारिस नगरेको भन्दै फेरी पालिका स्तरबाट नै सिफारिस गर्न नेपाली काँग्रेस प्रदेश कमिटीले पत्राचार गरेको हो ।

प्रदेशले पत्रचार गरे अनुसार बाजुराको बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाबाट आजै बिद्यान अनुसार नगर–प्रमुख र उप–प्रमुखको सिफारिस जिल्ला कार्यसमितिमा पठाई सक्नुपर्ने रहेको छ । 

बडिमालिका नगरपालिका नगर कार्यसमिति सभापति गोपाल कार्कीले भने सिफारिसबारे बैठक भइरहेको र आजै जिल्ला कार्यसमितिमा सिफारिस गरिसक्ने बताएका छन् । सोही विषय केन्द्रीत अन्य पालिकामा पनि बैठक बसिरहेको उनले बताए ।

नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने भएपनि नगरपालिकाको भने प्रदेशमा सिफारिस गर्नुपर्ने रहेको छ । 

पालिकाबाट नगर–प्रमुखमा एक जना महिलासहित तीन जना सिफारिस गर्नुपर्ने बिधानमा उल्लेख छ । तर बाजुराका चार स्थानीय तहले सिफारिसमा धेरै नाम पठाएको छ, यता जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारिस गरेको दाबी गरिरहेको छ ।

प्रतिक्रिया