गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४५
Dho

जनताका गुनासा र समस्या सुन्न वडा अध्यक्ष विक गाउँमा

बाजुरा
रमित वि.क.
शनिबार, भदौ २२, २०८१
जनताका गुनासा र समस्या सुन्न वडा अध्यक्ष विक गाउँमा

बाजुरा : जनताका गुनासा र समस्या सुन्न गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विक जनताका घरदैलोमा पुग्नु भएको छ । जनताले निर्वाचित गरेको अढाई वर्षपछि वडाका प्रत्येक टोलमा पुगेर जनताका गुनासा र समस्या बुझ्न प्रत्यक्ष पुगेका हुन् ।

जनता केन्द्र भागमा राखेर जनताका दैनिक जीवनसंग जोडिने प्रयाससंगै योे बीचमा गरिएका क्रियाकलाप बारे जानकारी गर्न र सुझाव लिने गरी गाउँमा पुगेको वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वर्षाका कारण वडाका जनता विभिन्न विपदमा परेको बेला जनप्रतिनिधिहरुको टिम सहित कर्मचारीहरु लिएर वडा अध्यक्ष विक टोल–टोलमा पुगेको छन् ।

जनताका तमाम समस्यालाई बुझ्ने र जनप्रतिनिधिहरुले सुधार गर्नुपर्ने पक्ष र गरिनुपर्ने क्रियाकलापका विषयमा सुझाव, सल्लाह लिने गरी गाउँ केन्द्रीत भएको बताएका छन् ।

गाउँको सरकारले जनताका समस्या मसिनो तरिकाले बुझेर समाधान गर्न पहल गर्ने गरी कार्यक्रम महत्वपूर्ण हुने विश्वास वडा अध्यक्ष विकले लिएका छन् ।

जनतालाई शीरमा राखेर वडा सरकारले हरेक निर्णय गरिरहेकोले समग्र जनताको भलाईका लागि कुनै कसर बाँकी नराख्ने विकले अठोट गरेका छन् । जनता जनार्दन हुन् तर जनताका अभिलाषा केही बाहेक पूरा गर्न नसकिएको निष्कर्ष वडाको टिमले गरेको छ ।

वडाको कौडाकोट, डाँडाबाडा, गदाडा, बगर, घोगाला, बीरा र बिजेढुङ्गगा लगायतका टोलमा पुगेर जनतासंग भेटघाट गरिएको वडा सदस्य तुसार सार्कीले बताएका छन् ।

जनताका आधारभूत आवश्यकता पूरा गर्न वडा सरकार तत्पर रहेकोले दैनिक जनजीवनसंग जोडिन थालेको छ । आफुहरुका गुनासा र समस्या बुझ्न वडाको टिम गाउँमा आएको भन्दै स्थानीय वीरेन्द्र बुढाले धन्यवाद व्यक्त गरेका छन् ।

वडा अध्यक्ष सहित गाउँमा समस्या सुन्न र बुझ्न आएको प्रति स्थानीयबासीले दुःख सुखमा ढाड्स प्राप्त भएको अनुभूति गरेका छन् । टोलको समग्र स्थिति बुझ्न जनताहरुको आँगनमा पुगेको वडा सदस्य मंगल धामीले बताएका छन् ।

कतिपय जनता विभिन्न विपदका कारण प्रभावित भएकोले सामान्य राहत समेत लिएर टिम गाउँमा पुगेको हो । वडाको समग्र वस्तुस्थिति बुझेर वडा सरकार र गौमुल सरकारका तर्फबाट संम्बोधन गर्नका लागि पहल गरिने भएको छ । 

प्रतिक्रिया