गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५०
Dho

बाजुरा एमालेको प्रचार विभाग प्रमुखको जिम्मेवारी राजन कुमार रोकायालाई

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १४, २०८१
बाजुरा एमालेको प्रचार विभाग प्रमुखको जिम्मेवारी राजन कुमार रोकायालाई

बाजुरा : नेकपा एमाले बाजुराले राजन कुमार रोकायालाई एमाले पार्टी प्रचार विभागको जिम्मेवारी दिएको छ । पार्टी प्रचार विभाग प्रमुख रहने गरी एमाले जिल्ला कमिटीको दोस्रो बैठकले जिम्मेवारी दिएको हो । 

पार्टी आठौं जिल्ला अधिवेशनबाट खुला तर्फको कोटामा चुनाव जितेका रोकाया यस अघि पनि जिल्ला कमिटी सदस्य थिए । सदस्य भएकै बेला बुढीनन्दा नगर कमिटीको ईन्चार्जको भूमिका निर्वाह गरेका थिए । वडा अध्यक्ष भएर काम गरिसकेका रोकायाले सानै उमेरमा पार्टीको प्रमुख जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । 

पार्टी कमिटीको विभागीय जिम्मेवारी पाउनेमा युवा पुस्ताका राजन रोकाया एक्ला हुन् । उनी सचिवालय सहित प्रचार विभागको प्रमुख बनेका हुन् । विद्यार्थी राजनीति गरेका रोकायाले पाएको जिम्मेवारी सफलता पूर्वक सम्हाल्दै आएका छन् । 

पार्टीको दोस्रो बैठकले प्रदेश निर्वाचन क्षेत्र (क) मा कालीबहादुर धरालालाई निर्वाचन कमिटीको अध्यक्ष र जंगवीर रोकायालाई सचिव बनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र (ख) मा अध्यक्ष दीलबहादुर रावत र सचिवमा धर्मराज पाध्यायलाई जिम्मेवारी दिएको छ ।

पार्टीको महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुख अमर खड्काले पाएका छन् । भने आर्थिक विभाग प्रमुखमा सचिव काँशी विकले नै लिने भएका छन् । उपाध्यक्ष जनक कुमार बोहराले स्कुल र उपसचिव हरि रोकायाले जनसंगठन समन्वय मोर्चा प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । 

स्थानीय तह समन्वय विभागमा रामबहादुर बानियाँ र सहकारी तथा वित्तीय श्रोत व्यवस्थापन विभागको जिम्मा मन्देवी ओलीले पाएका छन् । पार्टीले ६७ वटा वडाका इन्चार्ज तोकेको छ । ९० जनाको एक तिहाइको सचिवालय कमिटी बनाएको छ ।  

प्रतिक्रिया