गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४९
Dho

(नेकपा) एमाले बाजुराको पूर्ण बैठक भदौ १३ गते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
(नेकपा) एमाले बाजुराको पूर्ण बैठक भदौ १३ गते

बाजुरा : (नेकपा) एमाले बाजुराले भदौं १३ गते जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक भदौं १३ गते बस्ने गरी आह्वान गरिएको पार्टी सचिव काँशी विकले जानकारी दिएका छन् ।

गएको ज्येष्ठ ७ गते सम्पन्न जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गरेको थियो । पहिलो बैठक अधिवेशन सकिएको पछिल्लो दिन बसेपनि त्यस यता पूर्ण बैठक बसेको छैन् ।

साउनमा बस्ने गरी तयारी गरेपनि पार्टी संगठनका काम, राजनीतिक समीकरण फेरबदलका कारण बैठक बस्न नसकेको हो । दुई हप्ता अगाडी नै सबै जिल्ला कमिटी सदस्यहरुलाई बैठक बारे जानकारी गराइएको छ ।

सम्पूर्ण कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नवीकरणको अवस्था बारे लिखित प्रतिवेदन समेत माग गरिएको छ ।

सचिव काँशी विकले जारी गरेको सूचनामा चार बुँदे सर्कुलर सहितको पत्र पठाइएको छ । कमिटी सदस्य अनिवार्य आवेदन फारममा लिखित विवरण उल्लेख गरेर पठाउनु पर्ने भनिएको छ ।

दोस्रो बैठकलाई यो कार्यकालको महत्वपूर्ण बैठकका रुपमा हेरिएको छ । तीन वर्षे योजना र सहितको रणनीति तय गर्ने उदेश्य सहीत बैठक राखिएको छ ।  

प्रतिक्रिया