गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४७
Dho

एमालेबाट बुढीनन्दा नगरको प्रमुखमा बोहराको एकल उम्मेदवारी

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
एमालेबाट बुढीनन्दा नगरको प्रमुखमा बोहराको एकल उम्मेदवारी

बाजुरा : बुढीनन्दा नगरपालिकामा नेकपा एमालेबाट जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । नेकपा एमाले बाजराका उपसचिव समेत रहेका बोहरा नगर प्रमुखमा सर्वसम्मत एकल उम्मेदवार बनेका छन् ।  

२०७४ सालको निर्वाचनमा आन्तरिक असहयोगका कारण झिनो मतले पराजित बोहरा यो पटक सर्वसम्मत उम्मेदवार बनेका हुन् । जनमत एमालेको पक्षमा भएर पनि केही अन्तरघातीहरुको षड्यन्त्रले हार बेहोर्न बाध्य बोहरालाई नेकपा एमाले बुढीनन्दा नगर कमिटी सर्वसम्मत एकल उम्मेदवारका रुपमा अघि सारेको छ । 

वौद्धिक र शालीन नेताको छवी बनाएका बोहरालाई यो पटक चुनाव जित्न सहज देखिएको छ । राजनीतिक शास्त्र र अंग्रेजी साहित्यमा स्नाकोक्त गरेका बोहरा कानुनमा एलएलएम गरिसकेका छन् । 

कास्कीको पोखराबाट विद्यार्थी राजनीतिमा उदाएका बोहरा स्थानीय स्तरमा प्रीय पात्रका रुपमा परिचित छन् । नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका पदम कुमार गिरीको कार्यशैली र काम गराइबाट स्थानीय असन्तुष्ट देखिएका छन् ।

कोल्टी बजारमा समेत पाँच वर्षको अवधीमा खानेपानी, विजुली र इन्टरनेश फोन सेवा समेत विस्तार गर्न नसकेपछि सर्वस्त्र विरोध र आलोचना हुने गरेको छ । प्रष्ट एमालेको पक्षमा देखिएको जनमत र पाँच वर्षसम्म कुनै सन्तोषजनक काम नगर्ने अवस्थाकै कारण बोहराको पक्षमा मावल बनेको छ ।

पार्टी कमिटीबाट सर्वसम्मत बनेका बोहरा विपक्षबाट पनि रोजाइमा पर्न अवस्था छ । गाउँ कमिटीले नगर प्रमुखमा जनक कुमार बोहराको नाम एकल रुपमा सर्वसम्मत गरेको गाउँ कमिटी अध्यक्ष जंगवीर रोकायाले बताएका छन् ।

यस्तै बुढीनन्दा नगरपालिका ७ र ८ मा पनि वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवारी चयन गरिएको छ । ७ मा जनक सिंह र ८ मा केश बहादुर शाही सर्वसम्मत बनेका छन् । हाल ती दुबै वडा नेपाली काँग्रेसले जितेको छ । 

नगरको उपप्रमुखमा भने धेरै जनाले आकांक्षा राखेका छन् । ६ जना बढीले रुचि देखाएकोले सर्वसम्मतका लागि प्रयास भइरहेको नेकपा एमाले बुढीनन्दा नगर इन्चार्ज राजन कुमार रोकायाले जानकारी दिएका छन्  । नगर प्रमुखमा एकल उम्मेदवार बनाउने नेकपा एमाले बुढीनन्दा नगर कमिटी पहिलो पालिका बनेको छ । नजिक न्युज

प्रतिक्रिया