गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४४
Dho

स्थानीय तहको कार्यसम्पादन प्रभावी बनाउन एमाले सभादल सक्रिय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार ०६, २०८१
स्थानीय तहको कार्यसम्पादन प्रभावी बनाउन एमाले सभादल सक्रिय

बाजुरा : स्थानीय तहहरु यतिबेला योजना छनोट र बजेट निर्माणको काममा सक्रिय छन् । पालिका सभाको मिति नजिकिएसँगै स्थानीय तहहरुलाई योजना बनाउन, बजेटका शिर्षक प्राथमिकिकरण गर्नमा जनप्रतिनिधी व्यस्त देखिएका छन् । यही सन्दर्भमा नेकपा एमाले बाजुराले पनि सभादललाई सक्रिय बनाएको छ । 

पार्टीको विधान धारा (७४) र स्थानीय तह संचालन निर्देशिका २०७९ बमोजिम प्रत्येक  पालिकामा सभादल गठन गरि सञ्चालनमा ल्याउने व्यवस्था छ । पार्टीको विधानको व्यवस्थापन अनुसार नै पालिका स्तरीय सभादल बजेट निर्माण केन्द्रीय बहस र छलफलमा सक्रिय रहेको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिए । 

एमालेले योजना छनोटदेखि स्थानीयतहको कार्यसम्पादन र विकास निर्माणकालाई थप प्रभावकारी बनाउने कामको अगुवाई गर्न सभादल गठन गरेको हो । जितेको पालिकामा पालिका प्रमुखकै अध्यक्षतामा सभादललाई सक्रिय बनाउने र हारेको पालिकामा पराजित उम्मेदवार वा पालिका स्तरीय नेताको संयोजकत्वमा सभादललाई सक्रिय बनाउने गरिएको छ । 

पार्टीले अघि सारेका नीति, योजना र कामहरुलाई प्राथमिकतामा राख्ने, विकासको अगुवाई गर्ने, कार्यसम्पादनमा सहजिकरण गर्ने जिम्मेवारी सभादलको छ । सभासदकै सिफारिस र सुझावका आधारमा योजना छनोट, नीति निर्माण गरिनु पर्ने मान्यता पार्टीको विधानले लिएको अध्यक्ष ओलीले बताएका छन् । 

पालिका जितेर मात्रै हुदैन्, विकास निर्माणको कामले पनि जनतालाई जितको महशुस गराउनु पर्छ । योजना र एजेण्डाले नै एमालेलाई स्थापीत गर्ने, आवश्यकताका योजना छनोट, सुशासन र विकासमा सहजिकरण गर्ने भूमिका सभादलको छ । बुढीगंगा, बुढीनन्दा लगायतका पालिकामा सभादलको बैठक बसेर सुझाव संकलन कार्य गरिसकिएको छ । 

पार्टीले जिताएर पठाएका जनप्रतिनिधीलाई मात्रै जिम्मा नदिई सिंगो पार्टी कमिटी र नेताहरुलाई समेत जिम्मेवार बनाई विकास निर्माणलाई थप प्रभावकारी बनाउने उदेश्य सहीत सभादलको परिकल्पना गरिएको हो । जितेको व्यक्तिलाई मात्रै जिम्मेवार बनाउने र पार्टी कमिटीबाहिर राखेको महसुश नहुने गरि सभादलको बैठकले राम्रो सन्देश दिने बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

बुढीनन्दामा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी सहीतका नेताहरुको उपस्थितिमा सभादलको बैठक बसेको छ । बुढीगंगा नगरपालिकाले एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहीतका नेताहरुलाई बोलाएर सभादलको बैठक बसेको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । गौमुल, हिमाली, जगन्नाथ, बडीमालिका, खप्तड छेडेदह सहीतका पालिकामा पनि बैठकको तयारी गरिएको छ । 

विकासमा समन्वय र सहकार्यको विषयलाई थप प्रभावकारी बनाउन आजै जिल्ला समन्वय समिति परिचालन संयन्त्र बैठकपनि बसेको छ । समिति संयोजक एवं पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकमा समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीत सहभागि थिए । 

एमालेले सभादलकै सिफारिस र सुझावलाई केन्द्रभागमा राखेर योजना छनोट र विकास निर्माणको नीति बनाउन निर्देशन समेत दिने अधिकार राख्दछ । वार्षिक वित्तीय अनुशासन र संस्थागत स्वःमूल्यांकन (लिजा) क्षमता अभिबृद्दि गर्न समेत सभादलले सहजिकरण गर्ने गरि सक्रियता देखाउने छ । 

प्रतिक्रिया