गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय सरकार तल्लीन छ : अध्यक्ष रोकाया

पोषण सम्बन्धी पालिका स्तरीय २ दिने समीक्षा सुरु
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार ०५, २०८१
स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय सरकार तल्लीन छ : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले गाउँपालिकाको समग्र स्वास्थ्य अवस्थालाई सुधार गर्न सरकार तल्लीन रहेको बताएका छन् ।

मंगलबार गाउँपालिकाको सभा हलमा आयोजित दुई दिने पोषण सम्बन्धी पालिका स्तरीय समीक्षा कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

स्थानीय सरकारको बलबुताले भ्याएसम्म समग्र पालिकाको स्वास्थ्यको स्थिति सुधार गर्दै लैजाने योजनामा आफुहरु रहेको बताएका छन् ।

स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेरै विस्तारै केही सुधारको बाटोमा पुगेको स्मरण गराउदैं जनताहरुले समेत स्वस्थ हुनुपर्छ भन्ने मानसिकता बनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

सरकारले स्वास्थ्य र शिक्षालाई सुधार गर्ने कुरा अनुसरण गरेकोले यसमा जनता समेत जागरुक र सचेत बन्न सुझाव दिएका छन् ।

कार्यक्रममा बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले जिल्लाका ९ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बेग्लै पहिचान दिएर सफलता हाँसिल गरेको बताएका छन् ।

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत १० वटै स्वास्थ्यसंस्थाका प्रमुख प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको छ । 

पोषण सम्बन्धी पालिका स्तरीय २ दिने समीक्षा सुरु 

गौमुल गाउँपालिकामा मंगलबारबाट दुई दिने पोषण सम्बन्धी पालिका स्तरीय समीक्षा कार्यक्रम सुरु भएको छ । कार्यक्रममा आर्थिक वर्ष ०८०÷८१ को समीक्षा र आगामी आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रमका बारेमा व्यापक रुपमा छलफल गरिने स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । हालसम्म स्वास्थ्य क्षेत्रमा गरिएका गतिविधिहरुको समीक्षा थप सुधार गर्नुपर्ने विषयमा कार्यक्रम छलफल गरिने भएको छ । 

प्रतिक्रिया