गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३७
Dho

एमाले गौमुल ५ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पदम रोकाया चयन

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०४, २०८१
एमाले गौमुल ५ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पदम रोकाया चयन

बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका ५ नम्बर वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । आज नकराडामा सञ्चालन गरिएको वडा कमिटीको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको हो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहको प्रमुख अथित्यता र जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकाया, सदस्य सीता थापा, शान्ति विक लगायत गाउँ कमिटीका नेताहरुको अधिवेशनमा उपस्थिति रहेको थियो ।

जिल्लादेखि नगर तथा गाउँ कमिटीको अधिवेशन सम्पन्न पछि वडा स्तरका संगठन निर्माणमा जुटेका नेताहरु यतिबेला गाउँ केन्द्रीत बनेका छन् । वडामा नयाँ नेतृत्व चयन गरी आगामीक योजनासहित कार्यकर्तालाई प्रशिक्षण गर्ने गरिएको छ ।

सोही सन्दर्भमा आज ५ नम्बर वडा कमिटीको अधिवेशन सकिएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने सम्पूर्ण नेताहरुले टोलबाटै संगठन बलियो र चलायमान बनाउँन सक्रिया रुपमा लाग्न सुझाव दिएका छन् । वडा कमिटीमा निर्वार्चित पदाधिकारीले आफ्नो जिम्मेवारी वहन गरी लाग्नुपर्नेमा जोड् दिँदै पार्टीलाई जीवन्त बनाउँन सबैले एकतावद्ध भएर अगाडी बढ्न आग्रह गरेका छन् । 

निर्वतमान सचिव शंकर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंह रहनुभएको थियो । भने विशिष्ट अतिथिमा जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकाया रहनुभएको थियो । 

त्यस्तै अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता थापा, शान्ती विक, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया अतिथिमा रहनुभएको थियो । अधिवेशन उद्घाटन समारोह समापनपछि कमिटीको नयाँ नेतृत्व चनयन गरिएको छ । 

अधिवेशनबाट गौमुल गाउँपालिका ५ नम्बर वडा कमिटीको अध्यक्षमा पदम रोकाया सर्वसम्मत चयन भएका छन् । वडा कमिटीको दोस्रो अधिवेशनबाट कमिटीको उपाध्यक्ष शंकर रोकाया, सचिवमा प्रकाश रोकाया, उपसचिवमा सुनिता बुढा र डबल रोकाया सहीत ३१ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया