गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३६
Dho

अछामको बयालपाटा अस्पताल सञ्चालनका लागि सरकारसँग कांग्रेस नेता पाण्डेको बजेट माग

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २९, २०८१
अछामको बयालपाटा अस्पताल  सञ्चालनका लागि सरकारसँग कांग्रेस नेता पाण्डेको बजेट माग

काठमाडौं  : नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए। उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे । 

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले आउने असारको १ गतेको बजेटमा अस्पताललाई संवोधन गर्न पनि आग्रह गरेका छन् । 

बयलपाटा अस्पताल बाजुरा, अछाम र डोटीका अधिकांश विरामीको ज्यान बचाउने अस्पतालका रुपमा स्थापित छ । विरामीले उपचारका लागि भरोसा समेत बयालपाटाकै गर्ने गरेका छन् । यो अस्पताल विगत केही वर्षदेखि विदेशी दाताले सहयोग घटाएपछि व्यवस्थापनको चुनौति सामना गरिरहेको छ । आर्थिक व्यवस्थापनको मागलाई लिएर पाण्डेले संसदमै आवाज उठाएका हुन् । 

प्रतिक्रिया