गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२७
Dho

एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनका लागि १८७ जना प्रतिनिधी छनोट

३ वडाको अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २४, २०८१
एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनका लागि १८७ जना प्रतिनिधी छनोट

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनका लागि ६ वटै वडामा एक साथ प्रतिनिधी छनोट गरिएको छ । गाउँ कमिटीले बनाएको प्रतिनिधी मण्डका अनुसार सबै वडामा आज एकै दिन प्रतिनिधी छनोट गरिएको हो । 

जेठ २८ गते हुने गाउँ कमिटीको दोस्रो अधिवेशनका लागि वडाबाट १ सय ८७ जना प्रतिनिधी छनोट भएका छन् । ६ वटा वडा रहेको गौमुल गाउँपालिकामा सबैभन्दा बढी वडा नं.१ बाट कम ५ नम्बर वडाबाट प्रतिनिधी छनोट भएका छन् ।

वडा नं.१ बाट ४५ जना, वडा नं.२ बाट ३४ जना वडा नं.३ बाट २८ जना, वडा नं.४ बाट २४ जना, वडा नं.५ बाट १९ जना र वडा नं.६ बाट २७ जना गरी जम्मा १ सय ८७ जना प्रतिनिधी छनोट भएको वडा कमिटीले जनाएका छन् ।

वडा कमिटीले आयोजना गरेको प्रतिनिधी छनोट कार्यक्रममा जिल्ला र पालिका स्तरका नेताहरुको उपस्थित रहेको थियो । अधिवेशनको भव्य तयारी थालिएको गाउँ कमिटी सचिव मोहन रोकायाले बताएका छन् । अधिवेशनको प्रतिनिधी छनोट कार्य आज सकिएको छ । भने नेताहरु जिम्मेवारी अनुसारको काममा सक्रिय रुपमा लागिरहेका छन् ।  

३ वडाको अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

गौमुल गाउँपालिकामा ३ वटा वडाको अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन सहीत अधिवेशन सम्पन्न भएको हो । नेकपा एमाले गौमुल गाउँपालिका १ नम्बर वडा कमिटीको अध्यक्षमा पुनः विनोद रोकाया चयन भएका छन् । आज सञ्चालन गरिएको वडा कमिटीको दोस्रा अधिवेशनबाट रोकाया सर्वसम्मत चयन भएको हुन् ।

अधिवेशनबाट रोकाया नेतृत्वमा उपाध्यक्षमा शान्ति रोकाया, सचिवमा नरेन्द्र रोकाया, उपसचिवमा शान्ति विक, डम्मर रोकाया सर्वसम्मत निर्वाचित भएका छन् । वडा कमिटीमा २७ सदस्यीय समिति गठन गरिएको छ । निर्वतमा वडा कमिटी अध्यक्ष विनोद रोकायाकै अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको प्रमुख अतिथि जिल्ला कमिटी सदस्य देवेन्द्र बहादुर रोकाया रहनुभएको थियो । 

त्यस्तै नेकपा एमाले २ नम्बर वडा कमिटीको अध्यक्षमा प्रेम रोकाया चयन भएका छन् । वडाको दोस्रो अधिवेशनबाट रोकाया सर्वसम्मत चयन भएका हुन् । कमिटीको उपाध्यक्षमा शारदा धामी, सचिवमा चक्र बोहरा, उपसचिवमा नन्द रोकाया सहीत २१ सदस्यीय समिति गठन गरिएको निर्वाचन मण्डलका संयोजक लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

अधिवेशनको प्रमुख अतिथिमा नेकपा जिल्ला कमिटी सदस्य देवबहादुर रोकाया रहनुभएको थियो । भने कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

त्यसैगरी ३ नम्बर वडा कमिटीको पनि नयाँ नेतृत्व चयन गरिएको छ । वडा कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा धन बहादुर बोहरा सर्वसम्मत निर्वाचित भएका छन् । बोहराको नेतृत्वमा उपाध्यक्षमा धनलक्ष्मी रोकाया, सचिवमा शेरबहादुर बोहरा, उपसचिवमा नरबहादुर रोकाया र धारणा बोहरा चयन भएका छन् । 

अधिवेशनमा ८ जना नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । पाते टोलका गोरख बहादुर धामीका परिवार सहीत ८ जना एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई अविर, माल सहीतले स्वागत गरिएको थियो ।  

निर्वतमान वडा कमिटी अध्यक्ष नर्मा विकको अध्यक्षतामा सञ्चालन भएको अधिवेशन कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य गोरख बोहरा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा जिल्ला कमिटी सदस्य राजिव रोकाया, पूर्व जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन रोकाया रहनु भएको थियो ।

गाउँ कमिटी सदस्य देवेन्द्र धामीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । ६ वटा वडा रहेको पालिकामा ३ वडामा समिति गठन गरिसकेको छ । भने बाकी ३ वडामा गाउँ कमिटीको अधिवेशन पछि मात्रै गठन गरिने बताईको छ । नेकपा एमालेको आठौं  जिल्ला अधिवेशन सकिए लगत्तै पालिका अधिवेशनमा नेताहरु व्यस्त देखिएका छन् ।

प्रतिक्रिया