गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:११
Dho

नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको अधिवेशन सुरु, कर्ण थापाले गरे उद्घाटन

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २३, २०८१
नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको अधिवेशन सुरु, कर्ण थापाले गरे उद्घाटन

बाजुरा : नेकपा एमाले जगन्नाथ गाउँपालिका गाउँ कमिटीको अधिवेशन सुरु भएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशन आजदेखि सुरु भएको हो । 

पार्टीको आठौं जिल्ला अधिवशेनको पहिलो बैठले जेष्ठभित्र ९ वटै स्थानीय तहका पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । जिल्लाको सर्कुरल अनुसार पालिकामा नयाँ नेतृत्व विस्तारमा गर्न थालिएको छ ।

स्थानीय पालिकाको अधिवेशन जगन्नाथ गाउँपालिकाबाट सुरु भएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनको भव्य कार्यक्रमका साथ नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले जगन्नाथको नेतृत्व फराकिलो ढंगले अगाडी बढेको बताएका छन् । फराकिलो रुपमा परिवर्तनको जग बसालेपछि विकासले गति लिदै गएको बताए । यसलाई भविष्य सम्म यथावत राख्न अझै अगाडी बढ्ने विश्वस व्यक्त गरे ।

उनले नेकपा एमाले सुन्तुलन कायम गर्ने पार्टी भएको बताएका छन् । उनले भने हेरक क्षेत्र हेरक भूगोल समेटेर नेतृत्व विकास गर्न चाहान्छ, भूगोलको हिसाब दुर्गम क्षेत्र जगन्नाथबाट अहिले जिल्लादेखि प्रदेश स्तरसम्म नेतृत्व गरिरहेका छन्, यो सबै प्रयत्न र एकताबाट भएको बताएका छन् ।  

गाउँ कमिटी अध्यक्ष अध्यक्ष गणेशराज गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा एमाले केन्द्रिय सदस्य लालबहादुर थापा रहनुभएको थियो । 

त्यस्तै नेकपा एमाले निवर्तमान प्रदेश कमिटी उप–सचिव बलदेव रेग्मी, प्रदेश कमिटी सदस्य मनबहादुर बिष्ट, लडे विक, निर्वतमान जिल्ला अध्यक्ष काली बहादुर शाही, जिल्ला कमिटी अध्यक्ष लाल बाहादुर ओली, सचिव काँशी विक रहनुभएको थियो ।

प्रतिक्रिया