गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३६
Dho

एमाले गौमुल गाउँ कमिटीद्धारा नवनिर्वाचित जिल्ला कमिटी सदस्यलाई बधाई ज्ञापन

जेठ २६ गते अधिवेशन गर्ने निर्णय
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २०, २०८१
एमाले गौमुल गाउँ कमिटीद्धारा नवनिर्वाचित जिल्ला कमिटी सदस्यलाई बधाई ज्ञापन

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीले जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज एक औपचारिक कार्यक्रमकाबीच आठौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई बधाई तथा कार्यकालको शुभकाना दिईएको हो ।

कार्यक्रममा अधिवेशनबाट निर्वाचित सदस्य गोरख बोहरा, धनलक्ष्मी जैशी, गिता रोकाया, देवबहादुुर रोकाया, देबेन्द्र बहादुर रोकाया, अमर विक, राजिव बहादुर रोकाया र चित्रा बाेहरालाई अविर लगाएर बधाई ज्ञापन गरिएको गाउँ कमिटी सचिव मोहन रोकायाले बताएका छन् ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहले अविर खादा लागाएर निर्वाचित सदस्यहरुलाई बधाई दिएका हुन् । गाउँ कमिटीको नियमित बैठक तथा बधाई कार्यक्रममा महत्वपूर्ण निर्णयहरु समेत गरिएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनको मिति तय गरिएको छ । अधिवेशन जेठ २६ गते गर्ने निर्णय गरिएको सचिव रोकायाले बताए ।

त्यस्तै जेठ २४ गतेभित्र अधिवेशनका लागि प्रतिनिधी छनोट गरि सक्नुपर्ने निर्णय गरिएको छ । दोस्राे अधिवेशनका लागि व्यापक तयारी थाल्ने र सफल रुपमा अधिवेशनलाई सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई सक्रिय रुपमा लाग्न आग्रह समेत गरिएको छ । 

अधिवेशनका लागि निर्वाचन मण्डल गठन, साँस्कृतिक प्रस्तुती तयारी समिति गठन, प्रतिनिधी व्यवस्थापन समिति गठन, खाद्य तथा आवास व्यवस्थापन समिति गठन र आयोजनक मुल समिति गठन गरिएको छ ।

कार्यक्रममा आठौँ जिल्ला कमिटी सदस्यमा निर्वाचित सदस्यहरुले आफूहरुलाई जिल्ला कमिटीमा निर्वाचित गराउँन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अब पार्टी र संगठनलाई बलियो बनाउँन कटिवद्ध भएर लाग्ने बताएका छन् । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहले पार्टीलाई बलियो बनाउँन सबैले लाग्नुपर्नेमा जोड दिएका छन् । समृद्धि नेपाल, सुखी नेपालीको राष्टिय आकांक्षा पूरा गर्न नेता, कार्यकर्ता र सामाजिक सेवामा जोडिएका सबै बिच सहकार्य हुनपर्ने आवश्यक रहेको बताए । उनले गाउँ, टोल कमिटीहरु विस्तार गरी मिसन ८४ केन्द्रीत हुन समेत आग्रह गरेका छन् ।   

नेकपा एमाले गौमुल गाउँ कमिटी सचिव मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य कलक सिंह रहनुभएको थियो । भने विशिष्ट अतिथिमा सिचाई विभाग सदस्य सगुने रोकाया रहनुभएको थियो । 

त्यस्तै अतिथिमा एमाले जिल्ला कमिटी सदस्य गोरख बोहरा, धनलक्ष्मी जैशी, गिता रोकाया, देवबहादुुर रोकाया, देबेन्द्र बहादुर रोकाया, अमर विक र राजिव बहादुर रोकाया रहेका थिए । गाउँ कमिटी उपसचिव धन बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी, गाउँ कमिटी, वडा कमिटी, टोल कमिटीका पदाधिकारी लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । 

प्रतिक्रिया