गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३२
Dho

बालुवाटारमा शीर्ष दल र कार्यदलको छलफल जारी

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ १४, २०८१
बालुवाटारमा शीर्ष दल र कार्यदलको छलफल जारी

काठमाडौं : संसदको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा,सहमहामन्त्री जीवन परियार,कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की,  एमालेबाट कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन,प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत छन्। शीर्ष नेतासहित बैठक बस्ने भनेपनि आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छैनन्।

सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकाल्दै कांग्रेस सदन र सडक संघर्षमा उत्रिएको छ।

बालुवाटारको बैठक अगाडि आज बुढानीलकण्ठमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए। छलफलपश्चात उनीहरु बालुवाटारको बैठकमा सहभागी भएका हुन्।

संविधानमै जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ। आइतबार नीति तथा कार्यक्रमसमेत विरोधकैबीच पारित गरेर मंगलबार १ बजे बजेटका लागि सरकारले समय निर्धारण गरेको छ। लगातार सदन अवरुद्ध गरिरहेको कांग्रेसलाई सदनअबरोधको कारण देखाएर सत्तापक्षले प्रतिपक्षलाई दोष थोपारे अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने त्रास उत्तिकै छ। 

सत्ता पक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति गठनका लागि टीओआर बनाउन कार्य दल गठन भएपनि बैठकमा सहमति हुन सकेको छैन। यता सत्ता पक्षले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेको छ। 

प्रतिक्रिया