गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३७
Dho

एमाले बाजुरा अधिवेशनमा मतदान सम्पन्न, मतगणनाकाे तयारी

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ ०६, २०८१
एमाले बाजुरा अधिवेशनमा मतदान सम्पन्न, मतगणनाकाे तयारी


नेकपा (एमाले) बाजुराकाे नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएकाे छ । आठौं अधिवेशन अन्तर्गत आइतबार विहान ७ बजेदेखि मतदान सुरू भएकाेमा दिउँसो साढे १ बजे सम्पन्न भएकाे निर्वाचन समितिले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले कुल ४३९ प्रतिनिधि मध्ये ४२५ जनाले मतदान गरेकाे जानकारी दिए ।
जसमा १४ जना अनुपस्थित भएका छन् । उनका अनुसार आजै मतगणना हुनेछ ।
एमालेकाे अध्यक्षमा कार्यवाहक अध्यक्ष भरत थापा र लालबहादुर ओलीले प्यानलसहित उम्मेदवारी दिएका थिए ।
थापालाई स्थायी कमिटी सदस्य कर्ण थापा र ओलीलाई केन्द्रीय कमिटी सदस्य लालबहादुर थापा पक्षकाे समर्थन रहेकाे छ ।
१ जेठमा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) ले जिल्ला अधिवेशनकाे उद्घाटन गरेका थिए ।
नेताहरूबीच सहमतिकाे प्रयास असफल भएपछि पाँच दिनपछि निर्वाचन भएकाे थियाे ।

प्रतिक्रिया