गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०६
Dho

उद्यमशीलता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र बडीमालिका नरपालिकाबीच सम्झौता

उद्यमीलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख २६, २०८१
उद्यमशीलता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र बडीमालिका नरपालिकाबीच सम्झौता

बाजुरा : उद्यमशीलता प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंकले बाजुराको बडीमालिका नगरपालिकालाई सहयोग गर्ने भएको छ । बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिकाभित्रका उद्यमीलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने भएको हो ।

कृषकलाइ सरल कर्जा उपलब्ध गर्न बैंकले नगरपालिकासंग सम्झाैता गरेको छ । सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले पालिकाभित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म र कृषि कर्म गरी स्वरोजगार बन्न चाहानेहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने छ । यसबाट उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन हुने बैंकले विश्वस लिएको छ ।   
 

प्रतिक्रिया