गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०४
Dho

बालविकास माविको विव्यस अध्यक्षमा वीरेन्द्र बोहरा सर्वसम्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २४, २०८१
बालविकास माविको विव्यस अध्यक्षमा वीरेन्द्र बोहरा सर्वसम्मत

बाजुरा : गौमुल गाउँपालिका-३ माझपालीमा रहेको बालविकास माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्र बोहरा सर्वसम्मत रुपमा चयन भएका छन् ।

आईतबार एक औपचारिक कार्यक्रमका बीच बोहरालाई सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिईएको बताईएको छ ।

पेशाले इन्जिनियर समेत रहेका बोहरालाई सामाजिक रुपमा सेवा गर्ने अवसर दिनुले अर्थपूर्ण रुपमा हेरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार देखि नमूना विद्यालयको अन्य गतिविधिमा चुनौतीका साथ काम गर्नुपर्ने देखिएको छ ।

अभिभावक सदस्यमा देवेन्द्र धामी, महिला सदस्यमा सुर्जा विक, धनलक्ष्मी रोकाया, गोरख बहादुर रोकाया, धन बहादुर रोकाया, जनप्रतिनिधिबाट नर्मा विक, शिक्षक प्रतिनिधिबाट जनक रोकाया र सदस्य सचिवमा प्रधानाध्यापक तीर्थ चौधरी चयन गरिएका छन् ।

आईतबार नै गठन गरिएको शिक्षक अभिभावक संघको अध्यक्षमा नर बहादुर रोकाया, सदस्यमा धर्म धामी, दील बोहरा, गंगा रोकाया, धारणा बोहरा, गौरीमान धामी, रमा रोकाया, राम बहादुर बोहरा, लछु बोहरा, शिक्षक प्रतिनिधिबाट दीपक पन्थ र सदस्यमा सचिवमा प्रधानाध्यापक तीर्थ चौधरी चयन गरिएका छन् ।

यसअघि दुई कार्यकाल स्थानीय बुद्धिजीवी समेत रहेका राजिव कुमार रोकायाले विद्यालयको नेतृत्व समालेका हुन् । विद्यालयको विव्यस पुनः गठन सहमतिको आधारमा चयन गरिएको हो । 

प्रतिक्रिया