गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०५
Dho

गौमुलकाे दुर्गालीमा हावाहुरीले सामुदायिक भवनमा क्षति

असिना पानीले बाली नष्ट
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १५, २०८१
गौमुलकाे दुर्गालीमा हावाहुरीले सामुदायिक भवनमा क्षति

बाजुरा : गौमुल गाउँपालिका–१ दुर्गालीमा हावाहुरीले सामुदायिक भवनमा क्षति पुर्याएको छ ।  शनिबार साँझ ५ बजे समयमा आएको हावाहुरीले सामुदायिक भवनको जस्तापाता सहीत काठ उडाएको वडा सदस्य सीता रोकायाले जानकारी दिएकी छन् । 
समुदाय स्तरमा विभन्न गतिविधी सञ्चालन गर्न प्रयोग भईरहेको एक कोठे भवन हावाहुरीले उडाएको उनले बताइन् । हावाहुरीलै जस्तापात उडाएर पूर्ण रुपमा पुर्याएको हो । 

यस्तै हावाहुरीसंगै असिना पानीले बाली समेत नष्ट गरेको छ । आज दिउँसो आएको असिना पानीले गौमुल गाउँपालिका–१ मा गहुँ, जौं र तरकारी नष्ट गरेको स्थानीय कृष्ण धामीले बताएका छन् । 

हावाहुरीसंगै आएको असिना पानीले पाकिसकेको अन्नबाली सखाप पारेको अर्का स्थानीय हरिलाल रोकायाले बताएका छन् । बाली भित्र्याउने समयमा असिना पानीले बाली सोतर बनाएपछि किसान चिन्तित बनेका छन् ।   

प्रतिक्रिया