गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१९
Dho

देशका लागि दुई दिन अन्तर्गत १५ लाख बढीको जनश्रमदान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १४, २०८१
देशका लागि दुई दिन अन्तर्गत १५ लाख बढीको जनश्रमदान

बाजुरा : गौमुल गाउँपालिकाले लागू गरेको देशको विकासका लागि २ दिन कार्यक्रमको कार्यान्वनका लागि गौमुल गाउँपालिकाबासी सक्रिय देखिएका छन् । गौमुल गाउँपालिकाले लिएको देशको विकासका लागि २ दिन जनश्रमदान गर्ने नीतिलाई कार्यान्वयन गर्न स्थानीय सक्रिय रुपमा लागिरहेका छन् ।

गौमुल गाउँपालिका–६ का स्थानीय बासीले वडामा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिको करिव ९० मिटर नहर जनश्रमदानमा निर्माण गरेको आयोजनाका सचिव दीपेन्द्र रोकायाले बताए ।

अनुमानित करिव १५ लाख बढी बजेट खर्च हुने भएपनि स्थानीय सरकारले लिएको नीति अनुसार स्थानीयले नहर जनश्रमदानमा निर्माण गरेका हुन् ।

नहर जीर्ण र पुरानो भएको तथा विद्युत आपूर्ति आवश्यकता अनुसार नहुने भएका कारण वडाबासी उपभोक्ताको सक्रिय सहभागीतामा नहर निर्माण गरिएको अध्यक्ष कलक बहादुर रोकायाले बताए ।

वडामा रहेका ३ सय १४ घरधुरीले तीन दिनको अवधिमा विद्युतको नहर निर्माण गरी विद्युत सेवा नियमित सञ्चालनमा ल्याएको वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।

५० किलोवाट क्षमता रहेको उक्त आयोजनाले हाल गौमुल गाउँपालिकाको केन्द्र घट्मुना लगायत वडाबासीलाई दैनिक १८ घण्टा सेवा प्रदान गरिरहेको छ ।

खाली समयमा अरुको कुरा काट्न र नकरात्मक टिप्पणी गर्ने मात्र व्यस्त हुने तर विकासको नाममा सिन्को नभाँच्ने प्रवृत्तिको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सबै कामका लागि बजेट पर्खिनुपर्ने र राज्यकै सहारामा बाँच्नुपर्ने मानसिकताको अन्त्य गरी राज्यप्रति नागरिकको जिम्मेवारी बढाउन स्थानीय सरकारले नीति अवलम्बन गरेको छ । 


 

प्रतिक्रिया