गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१२
Dho

भर्ना अभियानका लागि सचेतना दिदैं कृषक समूह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०६, २०८१
भर्ना अभियानका लागि सचेतना दिदैं कृषक समूह

बाजुरा : गौमुल गाउँपालिका, सहकर्मी समाजद्धारा सञ्चालित शक्ति परियोजनाको सहजीकरणमा विद्यार्थी भर्ना अभियानका लागि टोल–टोलमा सचेतना दिन थालिएकाे छ । विद्यार्थी भर्ना अभियान २०८१ सुरु भएसंगै वडामा सचेतना दिन थालेको सहकर्मी समाजका सामुदायिक प्रशिक्षक लोकेन्द्र बुढाले बताएका छन् ।

बिहीबार गौमुल गाउँपालिका–४ मा रहेको भगवती गदाडा कृषक समूहको आयोजना र सहकर्मी समाजद्धारा सञ्चालित शक्ति परियोजनाको सहजीकरणमा आज भर्ना अभियान सम्बन्धी शैक्षिक संवाद सञ्चालन गरिएको हो । समयमै आफ्नो बालबालिकाहरुलाई नजिकको विद्यालयमा अभिभावक स्वयम् उपस्थित भएर भर्ना गर्नका लागि शैक्षिक संवाद कार्यक्रम प्रभावकारी बनेको छ ।

बालबालिकाहरुको सुनौलो भविष्य निर्माणमा अभिभावकले ध्यान नदिने भएकै कारण पनि शैक्षिक संवाद कार्यक्रमको आयोजना गरिएको हो । भगवती गदाडा कृषक समूहका सचिव धौली सार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य चक्र सार्की लगायत ४२ जना कृषक समूहमा आवद्धहरुको सहभागीता रहेको थियो ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकशत्र–२०८१ का विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको छ । शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि अभिाभावकहरुले विशेष ध्यान दिन जरुरी रहेको छ । 

प्रतिक्रिया