गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०८
Dho

गौमुल गाउँपालिका-४ मा खानेपानी योजना निर्माण हुदैं, विस्तृत सर्वेक्षण कार्य सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २५, २०८०
गौमुल गाउँपालिका-४ मा खानेपानी योजना निर्माण हुदैं, विस्तृत सर्वेक्षण कार्य सम्पन्न

बाजुरा : गौमुल गाउँपालिका–४ वडामा खानेपानी योजनाको विस्तृत सर्वेक्षण गर्ने कार्य सम्पन्न भएको छ । कादुरी एग्रीकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल र वडा कार्यालयको पहलमा तत्काल खानेपानी योजना बन्ने भएको छ ।

वडाको घोगाला, वस्तीबाडा, अरानी र डाँडाबाडा टाेलको तल्लो क्षेत्रमा खानेपानी योजना निर्माण हुने गरी विस्तृत सर्वेक्षण गर्ने कार्य गरिएको वडा अध्यक्ष अमर विकले बताउनुभएको छ ।

करिव ४ दिन बढी लगाएर प्रत्यक्ष स्थलमा विस्तृत सर्वेक्षण गरिएको कादुरी एग्रीकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपालका खोनपानी क्षेत्रका प्रमुख तथा इन्जिनियर बालचन्द रानाले बताउनुभएको छ ।

वडामा निर्माण भएका खानेपानीका धारा जीर्ण तथा पुराना भएका कारण वडाका केही टोलमा खानेपानीको समस्या समाधान हुने वडा अध्यक्ष अमर विकले विश्वास व्यक्त गर्नुभएको छ ।

खानेपानी नभएर आजित बनेका स्थानीय योजना सञ्चालन हुने भएपछि खुसी भएको डाँडाबाडाका स्थानीय जय बहादुर विकले खुसी व्यक्त गर्नुभएको छ । खानेपानीको दिगो व्यवस्थापन नहुदाँ स्थानीय समस्या रहेका छन् ।

खानेपानी योजना निर्माण भएपछि वडाका करिव ७० घरधुरीका ४ सय २० परिवार लाभान्वित हुने भएका छन् । खानेपानी योजना निर्माण हुने भएपछि स्थानीय खुसी बनेका छन् । 

प्रतिक्रिया