गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०९
Dho

समग्र बाजुराको विकासका लागि पहल जारी रहेको : जिसस प्रमुख तुलसीराम रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २२, २०८०
समग्र बाजुराको विकासका लागि पहल जारी रहेको : जिसस प्रमुख तुलसीराम रोकाया

बाजुरा : जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले समग्र बाजुराको विकासका लागि लागेको बताउनुभएको छ ।
 सिमधारा लघुजलविद्यतु आयोजना उपभोक्ता समितिको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

समन्वय प्रमुख जस्तो पदमा गौमुलका जनताले पुर्याएको स्मरण गर्दै समग्र पालिकामा आउने हरेक क्रियाकलापका लागि समन्वयको भूमिका खेल्ने बताउनुभएको छ ।

जिल्लामा सञ्चालनमा आउने हरेक क्रियाकलापलाई सबै स्थानीय तहमा पुर्याउने गरी आफु लागिरहेको बताउदैं विद्युतको थप क्षमता विकास देखि अन्य कुरामा लाग्ने बताउनुभएको छ ।

विद्युत स्थापना गर्दा आफ्नो पनि संलग्नता रहेका कारण हरेक समस्याका बाबजुत स्थापना भई उज्यालो वडाबासीले बाल्न पाएको उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले शिक्षा बिना मानिस अन्धो भने जस्तै अन्धकारबाट वडाबासी मुक्त भएको बताउनुभएको छ ।

विद्युत स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रति धन्यवाद दिदैं गुणस्तर बृद्धिका लागि पालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा गौमुल गाउँपालिका ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले विद्युत नभएकै कारण हरेक क्रियाकलाप सञ्चालन गर्न नसकिने भएका कारण दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

कार्यक्रममा गौमुल गाउँपालिका ६ का वडा अध्यक्ष प्रकाश रोकायाले समग्र विद्युतको विकासका लागि वडा सरकारले हरेक बेला सहयोग गरिरहेको बताउनुभएको छ ।

कार्यक्रममा आयोजनाका पूर्व अध्यक्ष हर्क बहादुर थापाले विद्युत स्थापना गर्दा सहयोग गर्ने सबै वडाबासी प्रति धन्यवाद दिनुभएको छ । जनताको श्रमदानबाटै उज्यालो बाल्न सफल भएका कारण उचित व्यवस्थापन गरी दिर्घकालीन रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

सिमधारा लघुजलविद्यतु आयोजना उपभोक्ता समितिका अध्यक्ष कलक बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो ।

गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा वडा अध्यक्ष कलक बहादुर सिंह, प्रकाश बहादुर रोकाया, एमाले जिल्ला कमिटी सदस्य गीता रोकाया, आयोजनाका पूर्व अध्यक्ष हर्क बहादुर थापा अतिथि रहनुभएको थियो ।

संस्थामा भएका क्रियाकलाप बारे जानकारी र संस्थाको आवश्यकता अध्यक्ष कलक बहादुर रोकायाले प्रस्तुत गर्नुभएको कार्यक्रममा आर्थिक प्रतिवेदन व्यवस्थापक धन बहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो ।

आयोजनाका उपभोक्ता वीर बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रम गौमुल गाउँपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।

दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा उपभोक्ता लगायत स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको रेडियो गौमुलले आज दिनभर प्रत्यक्ष प्रशारण समेत गरेको थियो । 
अध्यक्षमा पुनः कलक रोकाया
गौमुल गाउँपालिका ६ मा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिको अध्यक्षमा पुनः कलक बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन् ।

आज भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा अन्य कसैले पनि उम्मेदवारी नदिएपछि स्वतः रोकाया अध्यक्षमा सर्वसम्मत भएको निर्वाचन मण्डलका संयोजक वीर बहादुर रोकायाले बताउनुभएको छ ।

जसमा उपाध्यक्ष रमा विक, सचिवमा दीपेन्द्र रोकाया, कोषाध्यक्ष शान्ति रोकाया, सहसचिव कृष्ण थापा, सदस्यमा डबल चदाँरा, कलु चदाँरा, बलराम बोहरा र यज्ञ रोकाया चयन भएका छन् । 

प्रतिक्रिया