गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५४
Dho

रानीवनको टोली सी डिभिजन लिग खेल्न काठमाडौं पुग्याे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
रानीवनको टोली सी डिभिजन लिग खेल्न काठमाडौं पुग्याे

बाजुरा: रानीवन स्पोर्टस् क्बलको फुटबल टोली सि डिभिजन खेल्न काठमाडौं प्रस्तान गरेको छ । धनगढीमा बन्द प्रशिक्षणमा रहेको टोली चैत्र २२ गतेदेखि काठमाडौंमा हुने सि डिभिजन लिग खेल्न काठमाडौं प्रस्थान गरेको क्लबका व्यवस्थापक करन भण्डारीले जानकारी दिएका छन् । 

रानीवनले २०७६ सालदेखि सि डिभिजन खेल्न सुरु गरेको हो । सि डिभिजनको मान्यताका लागि भाग लिएकै वर्ष रानीवनले सि डिभिजनको मान्यता पाएको थियो । यो खेल बि डिभिजनमा बडुवाका लागि खेल्न लागेको हो । 

रानीवनले पहिलो खेल महावीर फुटबल क्बलसँग चैत्र २३ गते खेल्ने भएको छ । एन्फा फुटबल मैदान सातदोबाटोमा खेल हुने छ । असार पहिलो सातासम्म चल्ने खेलमा सि डिभिजन मान्यता पाएका १४ टिम बीच प्रस्तिस्पर्धा हुनेछ । 

सहभागि १४ टिम मध्ये अंक तालिकाको पहिलो र दोस्रो नम्बरमा रहेका २ टिम बि डिभिजनका लागि छनोटमा पर्नेछन् । भने अन्तिममा रहेका २ टिम घटुवामा परेर सि को मान्यताबाट बाहिर रहने छन् । बाँकी १० टिम भने सि कै मान्यता सहीत अर्को वर्षको लिग खेल्न पाउनेछन् ।

रानीवनले पनि बि डिभिजनको यात्राका लागि बलियो टिम सहीत मैदानमा उतार्ने तयारी गरेको छ । सुदूरपश्चिम ११ बाट राष्ट्रिय खेलमा भाग लिइसकेका खेलाडीलाई मैदानमा उतार्न लागिएको क्बलका संरक्षक नरेश रोकायाले बताएका छन् । 

कुवेर सिंहको कप्तानीमा प्रस्थान गरेको टिममा २२ जना सहभागि छन् । रानीवन सुदूरपश्चिमकै पहिलो लिग चरणको खेल खेल्ने क्बल हो । बाजुराको मार्तडीमा स्थापना भएको रानीवनले जिल्लामा सुरुवाद देखि फुटबल खेलको विकासमा सक्रिय छ । 

प्रतिक्रिया