गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०३
Dho

गौमुल गाउँपालिका-६ पूर्ण खोपयुक्त वडा घोषणा

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १५, २०८०
गौमुल गाउँपालिका-६ पूर्ण खोपयुक्त वडा घोषणा

बाजुरा : गौमुल गाउँपालिका–६ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको छ । वडाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पुरा गरेको सुनिश्चित भएपछि पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।

विहीबार एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष प्रकाश बहादुर रोकायाले वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरेका हुन् । खोपका आवश्यक मापदण्ड पुरा भएकाले पूर्ण खोपयुक्त वडा घोषणा गरिएको गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरीशचन्द्र विकले बताएका छन् । 

खोपको शुनिश्चितता र दिगोपना भन्ने मुल नाराका साथ वडाका सत प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएपछि पूर्ण खोपयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष प्रकाश बहादुर रोकायाले बताएका छन् । वडालाई नमुना बनाउने अभियान अन्र्तगत पूर्ण खोपयुक्त वडा घोषणा गरिएको उनको भनाइ छ ।

वडामा १६ महिनादेखि २३ महिना सम्मका १७ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । भने जन्मेदेखि १५ महिना मुनीका ३० जना बालबालिकाले नियमित खोप लगाईरहेको घट्मुना आधारभूत अस्पतालकी अहेव अप्सरा बुढाले बताएकी छन् । 

रोगको कारण, रोग लाग्ने दर, अपांग दर र मृत्युदरमा कमी ल्याई बालबच्चालाई स्वस्थ बनाउने उद्देश्य सहीत खोप अभियान नै थालिएको थियो । घोषणा कार्यक्रममा वडाध्यक्ष प्रकाश बहादुर रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सबैले लाग्नुपर्ने बताएका छन् । 

वडाध्यक्ष राकायाकै अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि घट्मुना आधारभूत अस्पतालका डाक्टर रामानुज हाथी रहनुभएको थियो । भने विशिष्ट अतिथिमा कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकाया, वडा सदस्य कलक चदाँरा, धना विक लगायत रहनुभएको थियो । 

स्वास्थ्यकर्मी पवना रोकायाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका, स्वास्थ्य समिति सदस्य, शिक्षक लगायत स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया