गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५८
Dho

बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता, खोजी कार्य जारी

६ जना पौडी खेलेर निस्किए
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ११, २०८०
बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता, खोजी कार्य जारी

बाजुरा : बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना बेपक्ता भएका छन् । आज दिउँँसो साढे १ बजे खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा घुम्न गएको टोली चढेको डुङ्गा पल्टिदा एक जना वेपक्ता भएका हुन् ।

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका गणेश रावतका अन्दाजी ३२ वर्षीय छोरा वीरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

डुङ्गामा सवार ७ जना मध्ये तालमा डुबी वीरेन्द्र बेपक्ता भएको र अन्य ६ जना पौडी खेलेर सकुशल बाहिरी निस्किएको प्रहरीले जनाएको छ । घटना भएको थाहा पाएलगक्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यस तर्फ गई बेपक्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया