गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२९
Dho

आज विश्व पानी दिवस: गौमुलमा भूकम्प प्रभावितलाइ फिल्टर वितरण

पानीका स्रोतको संरक्षण गर्नु हामी सबैको दायित्व हो : अध्यक्ष रोकाया
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०९, २०८०
आज विश्व पानी दिवस: गौमुलमा भूकम्प प्रभावितलाइ फिल्टर वितरण

बाजुरा : आज विश्व पानी दिवको अवसरमा गौमुल गाउँपालिकामा फिल्टर वितरण गरेको छ । वाइन टु वाटर नेपालको आर्थिक सहयोग र मानव शंसाधन केन्द्र एचआरसी र गौमुल गाउँपालिकाको साँझेदारीमा पालिका भित्रका भूकम्प पीडितलाई सयर फिल्टर वितरण गरिएको हो ।

आज एक औपचारिक कार्यक्रमका बीच गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले स्वच्छता कायम राख्न विश्व पानी दिवसको अवसर पारी वडा नं.४ का ४४ जना भूकम्प प्रभावित परिवारलाई फिल्टर वितरण गरिएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

फिल्टर पालिका भरीका भूकम्प पीडितलाई वितरण गरिने उनले बताए । हिजो वडा नंं.६ का ६३ भूकम्प प्रभावित परिवारलाई सयर फिल्टर वितरण गरिएको थियो । पालिका भरी ४ सय भूकम्प पीडित परिवारलाई फिल्टर वितरण गरिने भएको हो ।
वाइन टु वाटर नेपालको १ फिल्टर बराबर ९ हजार ३ सय ७२ गरी ४ सय फल्टरको ३७ लाख ४८ हजार ८ सय र गौमुल गाउँपालिकाको १ लाख २० हजार रुपैयाँ बाल्टिन खरिद गरी जम्मा ३८ लाख ६८ हजार ८ सय रहेको एचआरसी बाजुराका सामाजिक परिचालक सार्कीले बताए ।

शुक्रबार गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले हस्तान्तरण गर्नुभएको हो । विश्व पानी दिवसको अवसर पारी फिल्टर हस्तान्त्रण गर्दै रोकायाले फिल्टरको सही सदुपयोग गरी दुषित पानीबाट लाग्ने विभिन्न रोगको संक्रमणबाट बच्न र स्वच्छ बन्न आग्रह गरेका छन् । 

कार्यक्रममा विश्व पानी दिवसको अवसर बोल्दै पानीको संरक्षण गर्नु सबैको दायित्व रहेको बताएका छन् । पानीका स्रोतहरु भएमात्रै मानिसको जिन्दगी हुने बताउँदै मुहानको संरक्षण, मुहान वरिपरी वृक्ष्यरोपण गर्न र वन जंगलमा डढेलो नलगाउन आग्रह गरेका छन् ।

अध्यक्ष रोकायाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सीता थापा, गिफ्ट नेपालका  कार्यकारी प्रबन्धक कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया