गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

गौमुलमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकसंग अन्तरक्रिया

वेशबाटै सुधार्ने नीति गाउँपालिका लिने अध्यक्ष रोकायाको भनाई
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०९, २०८०
गौमुलमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकसंग अन्तरक्रिया

बाजुरा : गौमुल गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकसंग अन्तक्रिया सञ्चालन गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर उकास्न र उपलब्धी वृद्धि गर्न आगामीक रणनीति, स्थानीय सरकार र शिक्षकहरुले खेल्नुपर्ने भूमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको भन्दै प्रत्येक वडाका वडाध्यक्ष र शिक्षकहरु छुट्टाछुट्टै बसेर आआफ्नो वडाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको कारण, समस्या, सुधार गनुपर्ने पक्ष र समाधानका उपायसहित लिखित रिपोर्टिङ्ग गरेका थिए ।

प्रत्येक वडाका वडाध्यक्ष र शिक्षकले तयार पारेको रिपोर्टिङ्गमा शिक्षक दरबन्दीको कमी, परम्परागत शिक्षणशैली, शिक्षको पूर्व तयारी तथा चिन्तन्शील नहुनु, दक्षिताको कमी, पाठ्यकक्रम अध्ययनको कमी, तालिमको प्रभावकारी कार्यान्वयन नहुनु, शिक्षकबीच समन्वय सहकार्य र सहजीकरण नहुनु, अभिभावकले विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री व्यव्सथापन नगरिदिनु, स्वास्थ्य सरसफाई, पोशाक र नियमित हेरचाह नगर्नु, अभिभावकमा शिक्षाको कमीले गर्दा शैक्षिक गुणस्तर सुधार नभएको बताईएको छ ।

गौमुल गाउँपालिकामा १ देखि ३ कक्षासम्म  शैक्षिक गुणस्तर ८१ प्रतिशत कमजोर रहेको दिवा खाजा अन्र्तगत विश्य खाद्य कार्यक्रमले तयार पारेको तथ्याङ्कले देखाएको छ । शिक्षण शिकाई उपलब्धी शुन्य स्थानबाट नै नभएको देखिएको छ । कक्षा–१ देखि नै शिक्षण सिकाई अभिवृद्धि हुँदै जानुपर्ने भएपनि तर तल्लो तहमै कमजोरी भएको २०८० को तथ्याङ्कले देखाएको छ ।

छलफलमा शिक्षकहरुले गुणस्तर सुधारका लागि विद्यार्थीको नियमित दर बढाउने, योजनावद्ध पठनपाठनमा जोड दिने, बालमैत्री कक्षा कोठा, अनुगमनमा जोड, शिक्षकबीच समन्वय, तालिमको कार्यान्वय, मुल्याङ्कन, शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग र पाठ्ययोजनाको पूर्व तयारीे हुनुपर्ने जोड दिएका छन् ।

कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएका छन् । स्थानीय सरकारले शिक्षा क्षेत्रको आमुल परिवर्तन ल्याउन विभिन्न उपलब्धीमुलक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको बताए । 

सबै विद्यालयका भौतिक संरचना निर्माण गरिसककेको बताउँदै बाकी भौतिक संरचनाको स्तरन्नति र आवश्यक स्रोत साधन सहयोग गर्न स्थानीय सरकारले कुनै कसर बाकी नराखेको र नराख्ने अध्यक्ष रोकायाले बताएका छन् । अब आफूहरुको लक्ष्य भनेकै  शिक्षाको गुणस्तर सुधार गर्नु रहेकाले तत्लो तहबाटै सुधार गर्ने योजना सहीतको नीति गाउँपालिकाले लिने बताएका छन् ।

तल्लो स्थानबाटै शिक्षण शिकाई कमजोर रहेकाले उच्च शिक्षा हासिल गर्न शुन्य तहदेखि नै लाग्नुपर्ने बाउँदै अब अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीति तायरी पारी अगाडी बढ्ने अध्यक्ष रोकायाले बताएका छन् । 

गुणस्तर सुधारका लागि बाकी रहेको भौतिक संरचना निमार्ण गर्ने, बाह्य वातावरण सिर्जना गर्ने, विषयगत शिक्षकको व्यवस्थापन गर्ने, विद्यालयमा ईन्टरनेट जडानदेखि स्मार्ट बोर्डको व्यवस्थापन मिलाउने र आवश्यक शैक्षणिक सामग्रीको स्थानीय सरकारले व्यवस्थापन मिलाउने र बेशबाटै सुधार्ने रणनीति गाउँपालिकाले लिने उनले बताए ।

शैक्षिक क्षेत्रको गुण्स्तरका लागि शिक्षकले आफ्नो विद्यार्थीको नतिजा सहीत अध्ययन मुल्याङ्कन शिक्षकले नै गनुपर्ने, विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने वातावरण गनुपर्ने, पूर्व तयारीका साथ पठपाठनमा संलग्न हुनुपर्ने बताउँदै कक्षा १,२ र ३ मा विशेष ध्यान दिनुपर्ने र तालिम लिएका शिक्षकहरुले प्रभावकारी कार्यान्वयन गनुपर्ने अध्यक्ष रोकायाले बताएका छन् ।

अन्तरक्रियामा आगमीक योजना समेत तयारी पारिएको थियो । गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, ६ वटै वडाका वडाध्यक्ष, विश्व खाद्य कार्यक्रमका निराजन चौधरी, सबै विद्यालयका प्रअ तथा शिक्षक, गाउँपालिकामा लागु गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिनिधीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया