गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०१
Dho

जनताका गुनासा सुन्न वडाध्यक्ष रोकाया गाउँमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
जनताका गुनासा सुन्न वडाध्यक्ष रोकाया गाउँमा

बाजुरा: गौमुल गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया जनताका गुनासा सुन्न र बुझ्न प्रत्येक टोल टोलमा पुगेका छन् । वडाभित्रका सबै टोलहरुमा पुगेर नागरिकसंग छलफल र आधारभूत आवश्यकताको पहिचान गरिरहनुभएको छ ।

भौगोलिक रुपमा दुर्गम क्षेत्रको वडाका नागरिकसंग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । जनता भेटघाटसंगै प्रत्येक गाउँमा पुगेर वडामा गठित महिला समूह, आमा समूह, महिला अधिकार मञ्च, कृषक समूह, बाल समूह र युवा क्लवका पदाधिकारीसंग पनि समीक्षा गरेको वडाध्यक्ष रोकायाले बताउनुभएको छ ।

वडाध्यक्ष रोकायाले कृषिमा आत्मनिर्भर, आम्दानी वृद्धि, उद्यममा सक्रियता सम्बन्धी छलफल गर्नुभएको छ । अझै जनताका आवश्यकताहरु नजिकबाट सुन्न र बुझ्ने कोशिस गरेका छन् ।

पछिल्लो समय कृषि क्षेत्रबाट आम्दानी बढाउनदेखि अन्य सामाजिक कार्यमा सक्रियता बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन् । दुर्गम क्षेत्रका महिलाहरुको विस्तारै जीवनशैली परिवर्तन हुदै गएका बताउँदै आफूलाई हौसला थपिएको बताएका छन् । 

प्रतिक्रिया