गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:००
Dho

गौमुल–१ पूर्ण खोपयुक्त वडा घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
गौमुल–१ पूर्ण खोपयुक्त वडा घोषणा

बाजुरा: गौमुल गाउँपालिका–१ वडा पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच खोपको सुनिश्चितता तथा दिगोपनाका साथ पूर्ण खोपयुक्त वडाका घोषणा गरिएको हो । वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले वडालाई पूर्ण खोपयुक्त घोषणा गरेका हुन् ।

खोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । आज वडालाई र बुधबार वडा नम्बर ५ लाई पूर्ण खोपयुक्त सुुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र बाँकी अन्य वडालाई क्रमशः गर्दै जाने बताईएको छ ।

 वडाका शत प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएपछि पूर्ण खोपयुक्त वडा घोषण गरिएको हो । वडालाई नमुना बनाउने अभियान अन्तर्गत पूर्ण खोपयुक्त वडा घोषण गरिएको हो । वडामा १६ महिनादेखि २३ महिनाका सम्मका १८ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । भने प्रक्रियामा जन्मेदेखि १५ महिना मुनीका २५ जना बालबालिका रहेका छन् ।

वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य मैना चदाँरा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा वडा सदस्य सूर्य बहादुर रोकाया, सीता रोकाया लगायत रहनुभएको थियो ।  वडा कार्यालयको केन्द्र अम्लिसमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक लगायत स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया