गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०९
Dho

गाैमुल गाउँपालिकाका भूकम्प प्रभावितलाई फिल्टर वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
गाैमुल गाउँपालिकाका भूकम्प प्रभावितलाई फिल्टर वितरण

बाजुरा: गौमुल गाउँपालिकाका भूकम्प प्रभावित परिवारलाई सयर फिल्टर वितरण गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

गौमुल गाउँपालिका र मानव संसाधान केन्द्र एच.आर.सी. बाजुराको समन्वय तथा सहकार्य एवंम् पोष्ट ईमेरजेन्सी वास सपोर्ट परियोजनाको सहयोगमा सयर फिल्टर वितरण गरिएका हुन् ।

आज गौमुल गाउँपालिका–६ का ६३ जना भूकम्प प्रभावित परिवारलाई सयर फिल्टर वितरण गरिएको एच.आर.सी. बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताउनुभएको छ ।

भूकम्प प्रभावित परिवारलाई खानेपानी सरसफाई तथा स्वच्छताका लागि सयर फिल्टर वितरण गरिएको हो । खानेपानीलाई शुद्धीकरण गरेर पिउने बानीको विकास गर्ने उद्देश्य सहित वितरण गरिएका हुन् ।

सयर फिल्टर वितरण कार्यक्रममा बोल्दैं गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले फिल्टरको समुचित प्रयोग गरेर दुषित पानीका कारण लाग्ने विभिन्न रोगबाट बच्न अनुरोध गर्नुभएको छ ।

गर्मीयाम सुरु भएका कारण मुहानदेखि धारासम्म आउने पानी सोझै प्रयोग गर्ने जनताको बानी रहेका कारण अब सबैले सफा पानी पिउने बानीको विकास गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

स्वास्थ्यको ख्याल गरेर सयर फिल्टरको सबैले सही तरिकाले प्रयोग गर्न आग्रह गर्दै सुरक्षित व्यवस्थित रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा भूकम्प प्रभावित परिवारको सुरक्षित घर निर्माणका लागि स्थानीय सरकारले पहल जारी राखेको जानकारी गर्नुभएको हो ।

कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष प्रकाश रोकाया, कार्यपालिका सदस्य राजिन्द्रा विष्ट रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिका भरिका ६ वटै वडाका करिव ४ सय भूकम्प प्रभावित परिवारलाई सयर फिल्टर वितरण गरिने भएको छ । क्रमशः अन्य वडामा पनि सयर फिल्टर वितरण गरिने कार्यक्रमको रहेको छ । 

No description available.

प्रतिक्रिया