गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०३
Dho

बसाला टाँडाकोट सडक निर्माण तथा मर्मत सुरु

बाजुरा
गाैमुल खबर डटकम
बुधबार, चैत ०७, २०८०
बसाला टाँडाकोट सडक निर्माण तथा मर्मत सुरु

बाजुरा: गौमुल गाउँपालिकाले वडा नम्बर ६ मा रहेको बसाला टाँडाकोट सडक मर्मत तथा निर्माण गर्न सुरु गरेको छ ।

गाउँपालिकाको आफ्नै स्काईभेटर मार्फत वडामा रहेका सडकहरु मर्मत तथा निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभएको छ ।

सडक निर्माण गरिएको भएपनि केही प्राविधिक कारण यातायात सेवा चल्न नसकेको उक्त सडकमा नियमित आउजाउ गर्ने गरी सडक निर्माण तथा मर्मत गरिने भएको बताउनुभएको छ ।

सडक बसालाको कुलडिलसम्म मर्मत गरिने भएको छ भने टाँडाकोट जोड्ने सडक रिङ्गरोड दाउँरेगाउँसम्म निर्माण गरिने उपाध्यक्ष थापाले बताउनुभएको छ ।

सडक निर्माण गरिएको तर प्राविधिक समस्याले गर्दा यातायात लगायत अन्य सामान ढुवानी गर्न स्थानीयलाई समस्या हुने गरेको थियो । स्थानीय सरकारको आफ्नै लगानीमा सडक मर्मत तथा निर्माण गर्ने गरी बुधबारबाट काम थालिएको छ ।

बसाला टाँडाकोट सडक विगत लामो समयदेखि निर्माण तथा मर्मत सम्भार नभएपछि स्थानीयहरु आक्रोशित बनेका थिए ।

सडक निर्माण तथा मर्मत हुने भएपछि आफुहरु खुसी भएको गौमुल गाउँपालिका–६ दाउरेगाउँका स्थानीय कमल थापाले खुसी व्यक्त गरेका छन् ।

लामो समयदेखि सडक निर्माण तथा मर्मत नहुदाँ आउजाउ गर्न तथा अन्य विभिन्न सामान ढुवानी गर्न असहज हुने परिस्थितिको अन्त्य हुने भन्दै स्थानीय सुखी भएका छन् ।

बाटो निर्माण तथा मर्मत नहुदाँ स्थानीयले खच्चड मार्फत विकास कार्यका सामाग्री तथा अन्य दैनिक सामान ढुवानी गर्ने गरेका थिए ।

विगत लामो समयदेखि सडक निर्माण तथा मर्मत सम्भार गर्न स्थानीयले स्थानीय सरकारसंग जोड्दार माग गरेको भएपनि बजेट अभावका कारण समस्या भएको थियो ।
 

प्रतिक्रिया