गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:११
Dho

यस वर्षको एसईईमा प्रतिफल प्राप्त गर्ने गरी तयारी गरौं : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत ०६, २०८०
यस वर्षको एसईईमा प्रतिफल प्राप्त गर्ने गरी तयारी गरौं : उपाध्यक्ष थापा

बाजुरा: गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले यस वर्षको एसईई परीक्षामा प्रतिफल हाँसिल गर्ने गरी तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

कीर्तिचौर माध्यामिक विद्यालयले आयोजना गरेको कक्षा–१० का विद्यार्थीहरुको विदाई तथा फेरि भेटौंला कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उज्ज्वल भविष्य विद्यार्थीहरुकै हातमा भएका कारण अनुशासनको दायरा भन्दा बाहिर गएर कुनै पनि क्रियाकलापमा संलग्न नभई हालको विश्व प्रविधिसंग जुध्ने गरी आफ्नो बाटो तय गर्न निर्देशन दिनुभयो ।

विगतका वर्षहरुमा गाउँपालिका तथा विद्यालयहरुले गरेको मेहनतले प्रतिफल प्राप्त नगरेको स्मरण गराउदैं अब मेहनत गर्ने पालो विद्यार्थीहरुको भएकोमा जोड दिनुभएको छ ।

हरेक वर्ष एसर्ईईमा आउने नतिजा निराशा जनक आउने गरेका कारण पनि विद्यार्थीहरुले बढी मेहनत गरेर परीक्षामा सामेल हुन अनुरोध गर्नुभएको छ ।

शिक्षकहरुले दिएको ज्ञान र अनुशासनलाई सबै क्षेत्रमा टिक्न र विक्ने गरी विद्यार्थीहरुले संघर्ष गर्नुपर्ने उल्लेख गर्नुभएको छ । अनुशासनको दायर भन्दा बाहिर गएर भविष्य अन्यौल नगर्न सुझाव दिदैं सबै भन्दा बढी लगनशील र अनुशासित हुनुपर्ने बताउनुभएको छ ।

विस्तारै सरकारी सेवामा प्रवेश हुनेको संख्या बढ्दा आफुहरु गौरवान्वित भएको बताउँदैं शिक्षक सेवा आयोगमा नाम निकाल्नेहरुलाई बधाई समेत दिनुभएको छ ।

लक्ष्य अनुसार मेहनत गरेमा विस्तारै हरेक क्षेत्रमा प्रगति हुने बताउँदैं विगतका पुस्ताले भोगेको पीडा पछिल्ला पुस्ताले भोग्न नहुने गरी दुःख गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विकले जीवनको गन्तव्य तय गर्ने बेला भनेकै एसईई परीक्षा भएको बताउनुभएको छ । जीवनलाई सही र गलत कुन बाटो रोज्ने भन्ने बेला भनेकै एसईई परीक्षा दिने उमेर भएका कारण यहीँ उमेरमा धेरै दुःख गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बहादुर बोहराले विद्यालय शिक्षा क्षेत्रमा मात्र नभई जीवन र भविष्य निर्धारण गर्ने पाठशाला समेत भएकोमा जोड दिनुभएको छ ।

गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले शिक्षा नै जीवन र जीवन नै शिक्षा हो भन्ने कुरालाई शिरोधार्य गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा कक्षा–९ का विद्यार्थीहरुले मायाको चिनो सहित दिएर यस वर्षको एसईई परीक्षा दिने कक्षा–१० विद्यार्थीहरुलाई विदाई गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, वडा सदस्य मंगल धामी, प्रधनाध्यापक खडक शाह, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत अभिभावक र शिक्षकहरुको सहभागीता रहेको थियो ।

विद्यालय प्रा¨गणमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य सह–प्रधानाध्यापक मान बहादुर बडुवालले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक नमराज न्यौपानेले गर्नुभएको थियो ।    

No description available.

प्रतिक्रिया