गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३४
Dho

व्यक्ति परिवर्तन हुन आवश्यक : उपमेयर थापा

बाजुरा क्याम्पसमा खेलकुद सप्ताह सुरु
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०४, २०८०
व्यक्ति परिवर्तन हुन आवश्यक : उपमेयर थापा

बाजुरा: बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा थापाले जिल्लाको समग्र विकास गर्नका लागि व्यक्ति परिवर्तन हुन आवश्यक रहेको बताएकी छन् । आज सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसले आयोजना गरेको खेल सप्ताह कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

शिक्षाजस्तो क्षेत्रको लापरबाही गर्दा जीवनभर भोग्नुपर्ने परिणामलाई बुझ्न उपप्रमुख नन्दा थापाले सुझाव दिएकी छन् । विश्वविद्यालय आफैमा असल विद्यार्थीहरु पठनपाठन गर्ने थलो भएकै कारण पनि विद्यार्थीहरु अनुशासनको परिधिमा छन् भन्ने सन्देश दिन आग्रह गरिन ।

उच्च स्तरका र बढी बुझेका विद्यार्थीहरु पठनपाठन गर्ने भएका कारण क्याम्पसको समग्र विकासमा क्रियाशील रहन सबैमा अपिल गरेकी छन् । अरुलाई दोष मात्र थुपार्ने आफु व्यक्ति ठीक हुन खोज्ने प्रवृत्तिले समग्र विकास र समृद्धिमा समस्या उत्पन्न हुने गरेको बताएकी छन् ।

खेल सप्ताह उद्घाटन कार्यक्रममा वक्ताहरुले खेलकुदसंगै शैक्षिक क्षेत्रको सर्वाङ्गिण विकासका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव थापाको थियो । बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा बाजुरा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष पदम बडुवाल शिक्षा आर्जन गरेर मात्र नभएर व्यवहार उतार्न सुझाव दिएका छन् ।

बडीमालिका नगरपलिका–८ का वडाध्यक्ष चन्द्र थापाले क्याम्पस स्थापनापछि राजनीतिक र शैक्षिक क्षेत्रमा पनि प्रतिनिधित्व हुदैँ गएको प्रति खुसी व्यक्त गरेका छन् । क्याम्पसका पुर्व सञ्चालक समिति अध्यक्ष तुलाराम जैशीले क्याम्पसका कानुन विषयमा अध्ययन गराउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्राध्यापक संघ बाजुराका अध्यक्ष भीम विष्ट, नेविसंघ बाजुराका अध्यक्ष जनक थापा, अनेरास्ववियु जिल्ला अध्यक्ष दील थापा (भोटे), अनेरास्ववियु समाजवादी जिल्ला अध्यक्ष लेखराज पाण्डे, अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य पारस बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित वि.क. लगायतले मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख रुपबहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा बाजुरा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष पदम बडुवाल, पूर्व सञ्चालक समिति अध्यक्ष तुलाराम जैशी, बडीमालिका नगरपालिका–८ का वडाअध्यक्ष चन्द्र थापा विशिष्ट अतिथि रहेका थिए ।

समारोहमा नेविसंघ बाजुरा अध्यक्ष जनक थापा, अनेरास्ववियु जिल्ला अध्यक्ष दील थापा (भोटे), अनेरास्ववियु समाजवादी जिल्ला अध्यक्ष लेखराज पाण्डे, अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य पारस बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित वि.क. लगायत अतिथि रहेका थिए ।

क्याम्पस प्रशासन सहायक मदनराज जैशीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख तथा खेल सप्ताह समिति संयोजक सुरेश प्रसाद पण्डितले स्वागत मन्तव्य राखेका थिए । खेल सप्ताह कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम साताव्यापी सञ्चालन हुने भएको छ ।     

No description available.

प्रतिक्रिया