गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२२
Dho

दहकोटमा सडक पुग्यो, शिक्षा, स्वास्थ्य र सडकलाई पहिलो प्राथमिकतामा राखेको : अध्यक्ष रोकाया

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०२, २०८०
दहकोटमा सडक पुग्यो, शिक्षा, स्वास्थ्य र सडकलाई पहिलो प्राथमिकतामा राखेको : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका–२ दहकोटमा सडक पुगेको छ । वडा नं.३ मा सडक पुगेसंगै वडा नं.२ लाई पनि सडको पहुँचमा जोड्न सडक निर्माण भईरहेको छ । सोही क्रममा आज दहकोटमा सडक पुगको हो । 

आज गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया र उपाध्यक्ष सीता थापाले सडकको अनुगमन गर्नुभएको छ । वडामा जोड्ने निर्माधीन सडक अनुगमन सहीत स्थानीयलार्य भेटघाट गरेका छन् । 

स्थानीयले दहकोट गाउँको शिल्का भन्ने ठाउँमा जिप, मोटरसाईकल पुगेपछि अध्यक्ष रोकाया सहीत पालिकाको टिमलाई फुलमालाले भव्य स्वागत गरेका थिए । गाउँमै सडक पुगेपछि स्थानीय निकै हर्षित भएका छन् । भने गाउँ गाउँमै सडक पुगाउँन थालेपछि स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।

सडक अनुगमन सहीत जनता भेटघाटमा पुग्नु भएका गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले सबै नागरिकको पहुँचमा सडक पुर्याउने लक्ष्य आफूहरुको रहेको बताएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकता पुरा गर्न स्थानीय सरकार लागिरहेको उनले बताए ।

May be an image of 7 people, dirt bike, motorcycle and mountainगाउँपालिकाका ६ वडा वडा मध्ये ५ वटा वडामा सडक पुगिसकेको बताउँदै अब वडा नं.१ लाई सडको पहुँचमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष रोकायाको भनाइ छ । वर्षेनीको विपद्ले विकासे संरचनामा क्षति पुर्याउने गरेकोले सोचे अनुसारको विकास गर्न कठिनाई भईरहेको बताएका छन् । 

अध्यक्ष रोकायाले अब स्थानीयले आयआर्ज कसरी गर्ने भन्ने सोच्नुपर्ने बेला आएको बताएका छन् । स्थानीय उत्पादनलाई बजारमा निर्यात गरी आर्थिक उन्नती गर्नुपर्ने र गाढी चढ्ने भाडा आयआर्जन हुने खालाका कामहरु गर्नुपर्ने बताए ।

अनुगमनमा गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सीता थापा, वडा नं.२ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवबहादुर रोकाया, वडा नं.३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, वडा सदस्य प्रेम बहादुर रोकाया, गिता रोकाया, एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्की लगायत स्थानीयको उपस्थित रहेको थियो ।

प्रतिक्रिया