गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

बाजुराको गौमुलमा ६ वर्षको अवधीमा १२ सय जना भन्दा बढी नागरिकले पाए रोजगार

प्रमित वि.क. प्रमित वि.क.
शुक्रबार, चैत ०२, २०८०
बाजुराको गौमुलमा ६ वर्षको अवधीमा १२ सय जना भन्दा बढी नागरिकले पाए रोजगार

बाजुरा : गौमुल गाउँपालिकामा १२ सय जना भन्दा बढी नागरिकले रोजगार पाएका छन् । गाउँपालिकामा २०७५ सालदेखि लागू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिकामा निन्मआय भएका र विपन्न १२ सय १७ जनाले प्रधानमन्त्री रोजगार पाएका हुन् ।

आन्तरिक रोजगारीका अवसरमा वृद्धि र सामाजिक सुरक्षाको प्रवद्र्धन गर्ने लक्ष्य सहीत सञ्चालन गरिएको कार्यक्रमले बेरोजगारी व्यक्तिलाई रोजगार र विपन्न नागरिकलाई जीवनयापनमा सहजता भएको देखिएको छ । 

रोजगारीको प्रत्याभूति मार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउन दिर्घकालीन सोच रहेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । घरमा कोही रोजगारी नभएको, विहान बेलुका छाक टार्न मुस्कील, नेपाल सरकारबाट कुनै प्रकारको भक्ता उपलब्धन नभएका व्यक्तिहरु रोजगारीमा छनौट हुने कानुनी व्यवस्था छ । 

प्रधानमन्त्री रोजगारमा छनौट भएका व्यक्तिहरुले अनिवार्य १ सय दिन श्रम अथवा तोकिएको काम गनुपर्ने हुन्छ, सो वाफतको रकम भुक्तानी गरिन्छ । यसले गर्दा एकातिर गाउँमै स्वरोजगारको सिर्जना भएको छ । भने अर्कोतिर गरिब नागरिकलाई आर्यआर्जन गर्न सहजता भएको छ ।

कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ । बरोजगार व्यक्तिहरुले थोरै समय भएपनि रोजगार पाउँदा निकै उत्साहित भएका छन् । सामाजिक आर्थिक रुपमा पछाडी परेका र विपन्न वर्गका घरपरिवारलाई दैनिकी गुजारा चलाउन केही समयका लागि भएपनि सहज भएको छ । भने सामाजिक विकासमा पनि सहयोग पुगेको छ । 

गौमुल गाउँपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा १९९४ जनाले सूचीकृत गरेकोमा ११२ जनाले रोजगारी पाएका थिए । २०७६÷०७७ मा १९४० जनाले सूचीकृत गरेका मध्ये १९२ जना र सबै भन्दा बढी २०७७÷०७८ मा ३७९ जनाले रोजगार पाएका थिए । 

त्यस्तै २०७८÷०७९ मा १६९० सूचीकृत गरेका मध्ये ३७५ जना, २०७९÷०८० मा सूचीकृत गरेकामा १७८९ मध्ये १७५ र आर्थिक वर्ष २०८०÷०८१ मा ८६ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाबाट कार्यक्रम अन्र्तगत रोजगारी पाएको गौमुल गाउँपालिका रोजगार सहायक नर बहादुर रोकायाले बताएका छन् । 

शुक्रबार वडा नं.६ मा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन गरिएको थियो । प्रधनामन्त्री रोजगार, युवा रोजगारी कार्यक्रमको बारेमा नागरिकलाई स्पष्ट जानकारी गराउने उद्देश्य सहीत ६ वटै वडामा कार्यक्रम सञ्चालन गरी सम्पन्न भएकोे रोजगार सहायक रोकायाले बताए । 

स्थानीय, जनप्रतिनिधी, सरोकारवाला निकायलाई कार्यक्रम उपस्थित गरी प्रधानमन्त्री कार्यक्रमका नीति नियम, ऐन, परिचय, लक्ष्य, दिर्घकालीन योजना, निर्वाह भक्ता पाउन अवस्था, बेरोजगार व्यक्तिको पहिचान, वडा कार्यालय, सरोकारवाल, रोजगार केन्द्रको भूमिका र रोजगार फारम भर्ने तरिकाका बारेमा जानकारीसहित समीक्षा तथा प्रत्यक्ष छलफल गरिएको गौमुल गाउँपालिका रोजगार संयोजक सिर्जना कुमारी विष्टले बताएकी छन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन र विपन्न नागरिक सेवा सुविधाबाट बञ्चित नहोस् भन्ने उद्देश्य सहीत श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम प्रत्येक वडामा सञ्चालन गरिएको उनले बताएकी छन् । वडाध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकाया रहेकी थिइन् ।

कार्यक्रममा कानुन र ऐनअनुसार आयआर्जन न्युन, कुनै रोजगारी नभएको, नेपाल सरकारबाट कुनैपनि भक्ता तथा सेवा सुविधा नपाएको व्यक्तिलाई छनौट गरी यथार्थ र सही विवरण बुझाउन सुझाव दिएको छ । 

घरमा रोजगारी र आयआर्जन भएको कतिपय व्यक्तिहरु रोजगारीमा छनौट हुने गरेको पाईएको र यसले गर्दा न्युनआय भएका व्यक्तिहरु बञ्चित हुने गरेको कतिपय उदाहरण रहेकाले वडाहरुले यथार्थ पीडित व्यक्तिलाई छनौट गरी सहयोग गर्न रोजगार संयोजक विष्टले आग्रह गरेकी छन् । 

वर्षेनी ६६ हजार ८ सय रुपैयाँ भन्दा माथि आम्दानी हुने व्यक्तिहरुलाई भने रोजगारी दिईदैन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश बहादुर रोकायाले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी हटाएको बताएका छन् । वर्षेनी लागू हुने उक्त कार्यक्रमले आयआर्जको स्रोत नभएका व्यक्तिहरुलाई दैनिकी जीवनयापनमा सहजता भएको बताए ।
वडाध्यक्ष रोकायाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आफ्नो वडाभित्रका सबै नागरिकले रोजगार पाएको र बाकी रहेकालाई पनि छनौट गरिने बताएका छन् । आफ्नो कार्यकालभित्र कसैलाई नछुटाउने गरी कार्यक्रममा समेट्ने लक्ष्य रहेको उनको भनाइ छ ।

रोजगारमा छनौट भएका स्वयंम व्यक्तिले नै काम गर्न सबैलाई सुझाव दिएको छ । एक जनाको नाम छनौट भएको र परिवारको अर्को सदस्य काम गर्न लगाउँने गरेको धेरै ठाउँमा भेटाएकाले यस्तो नगर्न आग्रह गरिएको छ । 

काम गर्दै जाँदा आकास्मिक घटना भएमा विमा बाफत रुपैयाँ अथवा उपचार खर्च दिने गरिन्छ । विमा पाउनका लागि छनौट भएको व्यक्ति नै हुनुपर्छ । सो भन्दा फकर व्यक्ति काम गर्न गएको विमा पाउँदैन् । अचानक घटना भईहाले विमाबाट बञ्चित नहुनका लागि स्वयंम छनौट भएका व्यक्तिहरुले नै काम गर्न जानुपर्ने बताईएको छ । 

कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकाया, वडा सदस्य कलक चदाँरा, गौमुल गाउँपालिका रोजगार शाखा प्रमुख सिर्जना रोकाया, रोजगार सहायक नर बहादुर रोकाया लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया