गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३०
Dho

पातल बसपार्कमा सवारी पार्किङ्ग गर्न जिल्ला प्रशासनको अनुरोध

सडकको छेउछाउँ र बजारभित्र पार्किङ्ग गरे कारवाही गरिने
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०१, २०८०
पातल बसपार्कमा सवारी पार्किङ्ग गर्न जिल्ला प्रशासनको अनुरोध

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले जाथाभावी सवारी पार्किङ्ग नगर्न आग्रह गरेको छ । अव्यवस्थित पार्किङ्गले दुर्घटनाको जोखिम बढेकाले सडको छेउछाउमा सवारी पार्किङ्ग नगर्न आग्रह गरेको हो ।

जिल्ला सदरमुकाम मार्तडीलाई व्यवस्थित, सुन्दर र सफासुग्घर बनाउने अभियानमा सबैले सहयोग गनुपर्ने भन्दै प्रशासनले ताकेको नियम पालन गर्न सवारी व्यवसायीलाई आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै विभिन्न भाडाका सवारी साधनहरु पानी पातल बस पार्कमा पार्किङ्ग गरी राख्न भनेको छ । बडीमालिका नगरपालिकाको समन्वयमा अव्यवस्थित पार्किङ्ग व्यवस्थित बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । 

मार्तडीस्थित दुनीहाटबजार, माथिल्लो बजार, कारागार नकिज बजार भित्रका सडकहरुमा बस, जिप, ट्याक्टर र अटोरिक्सा लागयतका सवारी साधानहरु अव्यवस्थित रुपमा पार्किङ्ग गरी राख्दा सवारी दुर्घटना उच्च, बजार फोहोर तथा सदरमुकामको सौन्दर्यतामा नराम्रो असर पर्ने भएकाले ताकिएको निमयको पालन गर्न प्रजिअ पौडेलले अनुरोध गरेका छन् । 

जिउँला पानी पातलस्थित बस पार्कमा पार्किङ्ग नगरी बजार क्षेत्रका अन्य स्थानमा पार्किङ्ग गरेको पाईएमा कानुनी कारबाही गरिने उनले बताएका छन् । सडको छेउछाउँ र बजारका विभिन्न स्थानमा पार्किङ्ग नगर्न यसअघि पनि भनिसकेको र अब नियमको उल्लघंन गरे हदै सम्मको कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । 

मार्तडी बजारमा जथाभावी सवारी पार्किङ्गले गर्दा अस्तव्यस्तता बढेको छ । भने  पैदलयात्रीलाई हिड्नै मुस्किल हुन्छ, फोहोरले बजार दुर्गन्धीत हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय र बडीमालिका नगरपालिकाले पटक पटक सवारी पार्किङ्ग बजार र सडकको छउँछाउँमा नगर्न भनेपनि सवारी व्यवसायीकले भने वास्ता गरेको छैन् ।

त्यसो त वर्षौदेखि पानी पातलस्थि बस पार्क अलपत्र जस्तै छ । बसपार्क न राम्रोसंग बनेको छ, नत व्यवस्थित नै । यसले गर्दा पनि सवारी साधन व्यवसायीहरु पार्किङ्ग गर्न मान्दैनन् । 

पछिल्लो समय भने सवारी पार्किङ्गले अस्तव्यस्त रहेको मार्तडी बजारलाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिका पनि विभिन्न सरोकारवाला निकायसंग समन्वय गरी लागि रहेको छ । अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित बनाउन नगरपालिका लागिरहेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । 

प्रतिक्रिया