गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:००
Dho

स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरौं : गाैमुलका जनप्रतिनिधि

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरौं : गाैमुलका जनप्रतिनिधि

बाजुरा: गौमुल गाउँपालिका स्वास्थ्य शाखको अर्धवार्षिक समीक्षा गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बीच समीक्षा गरिएको हो ।

समग्र पालिकामा स्वास्थ्य संस्थाको अवस्था, सुधार गर्नुपर्ने पक्ष, आगामी दिनमा गरिनुपर्ने क्रियाकलाप केन्द्रीत छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताउनुभएको छ ।

आज गत श्रावण देखि माघ महिनासम्म स्वास्थ्य क्षेत्रमा गरिएका क्रियाकलापहरुका बिषयमा समीक्षा तथा छलफल गरिएको छ । आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने पक्षका बिषयमा सुझाव संकलन समेत गरिएको हो ।

समग्र स्वास्थ्य अवस्था सुधारोन्मुख तिर गएका कारण थप प्रभावकारी बनाउने गरी स्वास्थ्यकर्मीहरुले लाग्न कार्यक्रममा सहभागी जनप्रनिधिहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य क्षेत्र सबै भन्दा बढी संवेदनशील हुने भएका कारण पनि अन्यको तुलनामा बढी सचेत र सजक स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

जनताको जीवनको सुरक्षा गरी स्वस्थ जीवन यापन गराउने आफुहरुको धेयलाई पूरा गर्न क्रियाशील बन्न उपाध्यक्ष सीता थापाले समीक्षा कार्यक्रमको सम्बोधन गर्दै अनुरोध गर्नुभएको छ ।

स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले अर्धवार्षिक रुपमा गरिएका क्रियाकलाप बारे जानकारी गरेको कार्यक्रममा उपाध्यक्ष सीता थापा, सम्पूर्ण वडा अध्यक्ष, डाक्टर रामानुज हाथी, लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया